नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी खोलामा रहेको पुल भाँसिएको छ ।
जस्कारण पूर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबास स्थित विनयी खोलाको पुल भाँसिएपछि यातायात पूर्ण रुपमा अवरुद्ध भएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोखे्रलले बताउनुभयो ।
शुक्रबार साँझ करिब ५ बजेको समयमा पुलको बिच भाग आफै भाँसिएपछि यातायात अवरुद्ध भएको प्रजिअ पोखे्रलले बताउनुभयो ।
पुल तत्काल मर्मत गरि संचालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माणको कार्य थालिएको उहाँले बताउनुभयो ।
डाइभर्सन निर्माण गरि यातायात सुचारु गर्न केही समय लाग्ने प्रजिअ पोखे्रलले बताउनुभयो ।