दुम्कीबासमा पुल भाँचिएपछि तीनवटा वैकल्पिक रुटबाट आवागमन संचालन

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि तत्कालका लागि तीनवटा वैकल्पिक बाटोको प्रयोग गरेर आवागमन सुचारु बनाइएको छ ।

पूर्वपश्चिम राजमार्गको तीनवटा वैकल्पिक बाटो प्रयोग गरि सवारी आवागमन संचालन गराईएको नवलपरासी दाउन्ने पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

उनका अनुसार पहिलो बैकल्पिक रुटमा विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेबाट भित्रि बाटो त्रिवेणी चोक हुँदै गुम्बाचोकबाट राजमार्गमा निस्कने एउटा रुट प्रयोग भएको छ । जुन रुट अहिले चलिरहेको राजमार्ग भन्दा ५ किलोमिटर लामो पर्न जाने प्रजिअ पोखरेलले बताए ।

त्यस्तै, ठूला सवारी साधनलाई भने ज्यामिरे पेट्रोलपम्प हुँदै सिजीचोक, डाँडाचौर, होङ्सि गेटमा पुग्ने अर्को रुट प्रयोग गराइएको छ । उक्त बाटो ािबिक राजमार्ग भन्दा १८ किलोमिटर लामो पर्नजाने पोखरेलले बताए ।

त्यस्तै, तेस्रो बिकल्पकारुपमा भाँचिएको पुल नजिकै अर्को एउटा डाइभर्सनबाट पनि सवारी आवागमन गराइएको छ । उक्त रुटबाट भने ६ पांग्रे कम भारका सवारी साधन मात्रै संचालन भइरहेका छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार १९:१२
    • 8 views
    रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

    कावासाेती । काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ। रविलाई ६० लाख धरौटीमा छाड्न…

    विस्तृत.....

    • २०८१ माघ २, बुधबार १९:१०
    • 7 views
    दलित जागरण अभियानको केन्द्रीय सभारण सभा नवलपुरमा हुने

    नवलपुर, माघ २ गते । दलित जागरण अभियान नेपालको दशौं केन्द्रीय साधारण सभा नवलपुरमा हुने भएको छ । नवलपुरको देवचुलीस्थित बरचुली माविको प्राङ्गढमा माघ १८ गते दशौं साधारण सभा तथा बृहत…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *