एन. सन्चार,  पुष २७, कावासाेती । लामिचाैर मध्यवर्ती वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औ साधारण सभा सम्पन्न भएकाे छ ।

संस्थाका अध्यक्ष कुल प्रसाद भुसालकाे अध्यक्षतामा  सम्पन्न कार्यक्रममा  लामिचाैर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वाशुदेव पाैडेल प्रमुख अतिथि हुनुहुन्थ्याे ।

त्यस्तै  विशेष अतिथिहरूमा कावासाेती नगरपालिका वडा नं.११ का वडाध्यक्ष शारदा प्रसाद अधिकारी,  वडा नं १२ का वडा सदस्य बन्दना तिवारी, वडा न १३ का वडा सदस्य शेर बहादुर चौधरी, संस्थाका निवर्तमान अध्यक्ष शम्भु प्रसाद लम्साल, कुढौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लेखनाथ दवाडी, पिठौली महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्ति महतो लगायतको उपस्थिति रहेको थियो ।

 संस्थाका उपाध्यक्ष ज्ञानु माया शर्माकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा संस्थाकाे वार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित नीति तथा कार्यक्रम अध्यक्ष कुल प्रसाद भुसालले प्रस्तुत गर्नु भएकाे थियाे । 

प्रगति प्रतिवेदन सचिव बिष्णु प्रसाद भुसाल, कोषाध्यक्षको प्रतिवेदन गुमामाया भण्डारी र लेखा सुपरिवेक्षण समितिकाे प्रतिवेदन संयोजक चिन बहादुर छेत्रीले प्रस्तुत गर्नु भएकाे थियाे । 

संस्थाले हिरालाल गुरौ, सतानन्द जैसी, एक नारायण चापागाईं, डिल्लीराम जैसी, जमुना देवी पौडेल, डम्बर कुमारी शर्मा, हुमनाथ पौडेल, दुर्गा तिवारी, चिन बहादुर छेत्री, मिना देवी गुरौ, शिवलाल गौडेल र ठाकुर प्रसाद लम्साल लगायतका शेयर सदस्यहरुलाई जेष्ठ नागरिक सम्मान गरेको थियो भने असल ऋणीमा डिल कुमारी गुरुङ र अधिक दैनिक बचतमा धनमाया महतोलाई सम्मान गरेको थियो ।

सचिव बिष्णु प्रसाद भुसालले  संचालन गरेकाे कार्यक्रममा  सिर्जना पौडेल र व्यवस्थापक माया महतोले सहजीकरण गरेका थिय ।