पिठौली चौरमा यसवर्ष देखी माघी मेला सुरु, वर्षेनी मेला आयोजना गर्छौः अध्यक्ष गुरुङ्ग ।

एन.सन्चार, कावासोती, माघ १, ०८१ : कावासोती नगरपालिका वडा नंम्वर १२ मा रहेको एकादसी मेला लाग्ने चौरमा प्रथम पिठौली मकर सक्रान्ती धार्मिक कार्यक्रम एवं मिनि मेला लागेको छ ।


धर्म, कला र सस्कृति पिठौलीको पहिचान भन्ने मुल नारासहित पिठौली चौर यूवा समिति र प्रगतिशिल युवा क्लवको सयुक्त आयोजना तथा पिठौली आसपासका विभिन्न संघ सस्था, मठ मन्दिर तथा सामुदायिक वन समुहको समन्वयमा सो मेला आयोजना गरिएको हो ।


नारायणी नदि तटमा स्नान गर्न आउने धर्मावलम्वीहरुलाइ लक्षित गरि सो मेला आयोजना गरिएको पिठौली चौर युवा समितिका अध्यक्ष सागर गुरुङ्गले जानकारी दिनुभयो ।
चौर समिति र प्रगतिशिल यूवा क्लवको संयोजन तथा नेपाल रेडक्रस सोसाइटी कावासोती शाखाको समन्वयमा स्नान गर्न आउने धर्मावलम्वीहरुका लागी निशुल्क रगतको समुह परिक्षण तथा प्राथमिक उपचार शिविर समेत मेलामा राखिएको अध्यक्ष गुरुङ्ग वताउनुभयो ।


कावासोती नगरपालिका वडा नं ११, १२ र १३ को समन्वय तथा पिठौली चौर युवा समितीको आयोजनामा सो माघी मेला सन्चालन गरिएको हो । नारायणी नदिमा स्नान गर्न आउने धर्मावलम्वीहरुका लागी समितीले कावासोतीको फलफुल चोक र लोकाहा पुल बाट नारायणी धाम सम्मका लागि निशूल्क सवारी साधनको समेत व्यवस्था गरेको छ ।


धर्मावलम्वीहरुका लागी विविध मनोरञ्जनात्मक भजन कृतन, ठेलो फाल्ने प्रतियोगिता, निशुल्क जलपान, स्नान स्थलमा अप्रिय घटना घट्न नदिन सुरक्षा ज्याकेट लगायका स्वयमसेवक परिचालन, व्यवस्थित र निशुल्क सवारी पार्किङ्ग, सरसफाइ युक्त सौचालय समेतको व्यवस्था समितिले गरेको अध्यक्ष गुरुङ्गले जानकारी दिनुभयो ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस ।

 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 81 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    • २०८१ माघ २७, आईतवार २१:१७
    • 21 views
    नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

    माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *