दलित जागरण अभियानको केन्द्रीय सभारण सभा नवलपुरमा हुने

नवलपुर, माघ २ गते । दलित जागरण अभियान नेपालको दशौं केन्द्रीय साधारण सभा नवलपुरमा हुने भएको छ । नवलपुरको देवचुलीस्थित बरचुली माविको प्राङ्गढमा माघ १८ गते दशौं साधारण सभा तथा बृहत भेला हुन लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

साधारण सभामा ५३ जिल्लाबाट करिव १० हजार प्रतिनिधि सहभागि हुने अभियानका केन्द्रीय अध्यक्ष दधिराम परियारले जानकारी दिनुभयो । साधारण सभा सम्पन्न गर्न पाँच लाख रपियाँ खर्च हुने अनुमान गरिएको र प्रतिनिधिहरुबाट आर्थिक सहयोग संकलन गरेर कार्यक्रम सम्पन्न गरिने अध्यक्ष परियारले बताए ।

जिल्लाभरीबाट दलित समुदायको पहिचानका रुपमा रहेको पञ्चेवाजा र नौमती बाजा तथा कार्यक्रमलाई थप रोचक बनाउन थारु समुदायको झाम्टा नाँच र लठ्ठी नाँच तथा मगर समुदायको कौराहा नाँच प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

राजनीतिक दलहरुले घोषणा पत्रमा दलितलाई अधिकार दिए पनि व्यवहारमा पूर्ण अधिकार पाउन नसकेको र जातीय भेदभावलाई अन्त्य गर्ने अभियानलाई व्यापक गराइनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको अभियानका महासचिव भीमबहादुर विकले बताए । समाचारसेवा

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ २८, सोमबार १८:२२
  • 74 views
नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

विस्तृत.....

  • २०८१ माघ २७, आईतवार २१:१७
  • 13 views
नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *