नमूना सदरमुकाम निर्माण स्थलमा रूख कटान सुरू, पहिलो चरणमा ४७ रुख काटिदै

कावासोती । नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा पहिलो चरणमा ४७ वटा रुख काटिने भएका छ्न ।

पहिलो चरणमा कटान हुने भनिएका ४९ मध्य ४७ वटा रुखको डिभिजन वन कार्यालय कावासोतीले बिहिबार छपान गरेको डिभिजन वन अधिकृत शिशिर लम्सालले जानकारी दिए । २ वटा सिमलको रुखमा गिद्धले गुँड लगाएकाले ती रुखहरु भने काटिने छैन्न ।

अधिकृत लम्सालका अनुसार छपान गरिएका ४७ रुख मध्ये ४१ वटा सिसौ, ३ वटा सिमल, १ वटा करम र अन्य २ रुख रहेका छ्न । कटान गरिने रुख बाट २ हजार १ सय ७ क्युबिक फिट काठ र २ हजार १सय क्यु.फिट दाउरा निस्किने बताईएको छ ।

डिभिजन वन कार्यालय पहिलो चरणका लागि रुख कटान गर्न छपानको काम सम्पन्न गरेसँगै अब आयोजनले छपान गरिएका रुखहरु निर्माण स्थलबाट हटाउन सुरु गरिने सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनका प्रमुख झपट बहादुर थापाले बताए । “साईटबाट बढिमा एक हप्ता भित्र रुख हटाउने काम सकिन्छ”, थापाले भने । पहिलो चरणमा ८० करोडको ठेक्का लागेर चारवटा भवन निर्माणको काम अघि बढेको छ । सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनले पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र तीनवटा एकीकृत भवन बनाउनका लागि रौतहटको चौधरी कन्स्ट्रक्सनलाई ठेक्का दिइसकेको छ ।

गत पुस ९ गतेको मन्त्रीपरिषदको बैठकले सदरमुकाम निर्माण स्थलमा रहेका ६ सय ४२ वटा रुख हटाउन स्वीकृति दिने निर्णय भएसँगै सदरमुकाम निर्माणको कामले गति लिन सुरु गरेको हो । रुख कटान नहुदा जिल्ला प्रशासन कार्यालय र तीनवटा एकीकृत भवन निर्माणका लागि ८० करोडमा ठेक्का सम्झौता भए सँगै निर्माणको जिम्मा पाएको चौधरी कन्स्ट्रक्सनले निर्माणको काम सुरु गर्न पाएको थिएन ।

स्रोत सुनिश्चित भएको ४ अरबको लागि नयाँ ठेक्का खोलिने:

यसै बिच नमूना सदरमुकाम निर्माणको लागि चालू आवमा अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको ४ अरब बजेट बाट थप संरचना निर्माण गर्नका लागि ठेक्का खोल्ने अन्तिम तयारीमा रहेको सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनका प्रमुख थापा बताउछ्न ।

थापाका अनुसार अब बन्ने संरचनमा एकीकृत संघीय सरकारी भवनहरु, ३ सय जना अटने सभाहल, आवास गृह, जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय, आन्तरिक राजश कार्यालय, शसस्त्र प्रहरी कार्यालय प्राथमिकतामा रहेका छन् । यसै गरि नमूना सदरमुकाम निर्माणका लागि छुट्टाईएको १ सय ८६ बिघा जमिनलाई कम्पाउण्ड गरिने, आयोजना निर्माण स्थलभित्र आवश्यक सडक निर्माण समेत गरिने थापाले बताए ।

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ २८, सोमबार १८:२२
  • 81 views
नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

विस्तृत.....

  • २०८१ माघ २७, आईतवार २१:१७
  • 21 views
नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *