नवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।

नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प निर्माण पाँच महिनामै ६० प्रतिशत सकिएको ठेकेदारले बताएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।

यो पेट्रोल पम्प निर्माणको जिम्मा काभ्रे देउरालीको अल्फा हेक्सले लिएको छ । एक वर्ष भित्रमा सक्ने गरी गत भदौ २ गते निर्माणको काम सुरु भएको थियो । पम्पको भदौ २ गते प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले शिलान्यास गर्नुभएको थियो ।

महेन्द्र राजमार्ग क्षेत्रमा रहेको जिल्ला प्रहरी कार्यालय अघिल्तिर फलफूल चोकमा पम्प निर्माण भइरहेको हो । प्रहरीको नाममा रहेको २२ कट्ठा जग्गामा यो पम्प बनिरहेको छ । यसअघि यहाँ व्यपारीले फलफूलको व्यापार गरिरहेका थिए ।

प्रहरीले यो पेट्रोल पम्पलाई देशकै नमुना भनेको छ । यो पम्पमा इभी चार्जिङ स्टेसन, क्यास्ट्रो एरिया, गाडी ग्यारेज, मोवाइल र एटएिम बैंकिङ सुविधा, क्याफे तथा करिब ६ कट्ठा जग्गामा सुन्दर बगैँचा निर्माण हुने प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । प्रहरीले खोल्ने पम्पमा गुणस्तरीय इन्धनका साथै असहज अवस्थामा पनि पेट्रोलियम पदार्थ उपलब्ध हुने उहाँको भनाइ छ ।

प्रहरी कल्याण कोषको १० करोड ९९ लाख ५४ हजार रुपियाँ लागतमा पम्प बन्न लागेको हो ।  राज्य संयन्त्रको प्रमुख अङ्ग मानिने प्रहरीले नाफामुलक व्यापार व्यवसाय गर्न नहुने भन्दै आलोचना भइरहे पनि प्रहरीले कावासोतीको मुख्य बजारमा पम्प खोलेर व्यापार गर्न लागेको हो ।

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ २८, सोमबार १८:२२
  • 74 views
नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

विस्तृत.....

  • २०८१ माघ २७, आईतवार २१:१७
  • 13 views
नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *