विनयी खोलाको पुल बन्नझण्डै १ वर्ष लाग्ने,निरीक्षण भन्दै मन्त्रीहरु पुगेपनि ठोस निर्णय हुन बाँकी ।

 
माघ ११, कावासोती ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ –बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल बन्न झण्डै एकवर्ष लाग्ने भएको छ ।
क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको मालबाहक ट्रक पुल पार गर्ने क्रम्मा पुल एक्कासी भाँचिएको थियो ।
 
त्रिवेणी गाउँपालिका दुम्कीवासमा रहेको विनयी खोलाको पुल भाँचिएपछि तत्काल डाईर्भसन यातायात सुचारु गरिएकोमा अहिलेसम्म पुल मर्मतको काम नहुँदा यहाँ भएर यात्रा गर्नेहरुले सास्ती खेप्न बाध्य छन् ।
 
२ सय ४६ मिटर लम्बाईको पुलको भारवहन क्षमता एक एक्सल १० टन भएकोमा बढीमा ६० टन सम्म क्षमता रहेकोमा एक सय १० टन भार बोकेको मालवाहक ट्रक पुल पार गर्न खोज्दा पुल भाँचिएको थियो ।
 
मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन नहुँदा अधिक लोड बोकेको मालवाहक ट्रकले पुलमा क्षति पुराएकोमा कारबाही समेत माग गरिएको थियो ।
 
दुर्घटना पश्चात करिब एक किलोमिटर सडक डाईभर्सन गरी अस्थायी रुपमा यातायात सञ्चालन गरिरहेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले जानकारी दिनुभयो ।
 
वर्खा लागेपछि डाईभर्सन बगाउने जोखिम भएकाले वर्खायाम सुरु नहुँदै पुल मर्मत गर्न गाउँपालिका अध्यक्ष गिरीले सम्बन्धि निकायलाई आग्रह गर्नुभएको छ ।
 
२०३२ सालमा सञ्चालनमा आएको ट्रस्ट पुलमा झण्डै २ करोडको क्षति पुगेको अनुमान गरिएको छ । भाँचिएको पुलको निरीक्षण गर्न भौतिक पूर्वाधार सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, नारायणगढ –बुटवल सडक विस्तार आयोजनाका प्रमुख चुडाराज ढकाल साथै प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार र गाउँपालिका अध्यक्ष गिरी सहितको सरोकारवाला निकायको टोलीले  बिहीवार निरीक्षण गरेपनि ठोस निर्णय हुन बाँकी छ ।
 
चार खण्ड रहेको पुलमा दुई खण्ड निर्माण गर्नु पर्ने देखिएको निरीक्षण टोलीका सदस्य नारायणगढ–बुटवल विस्तार आयोजनाका प्रमुख ढकालले जानकारी दिनु भयो ।
 
चार खण्ड मध्ये अहिलेलाई तत्कालका लागि एक खण्डलाई पुर्ने र अर्को आधा क्षति पुगेको खण्ड मर्मत गरी अस्थायी रुपमा यातायात सञ्चालन गर्ने तयारी गरिएको ढकालको भनाइ छ ।
 
साथैसँगै आयोजनाले निर्माण गरिरहेको सँगैको नयाँ पुल कात्तिककमा सम्पन्न गर्नुपर्ने मा असार सम्म निर्माण पूरा गर्न पनि आग्रह गरिएको पनि आयोजना प्रमुख ढकालले बताउनुभयो ।
 
नयाँ पुलबाट यातायात सञ्चालनमा आएपछि भने भत्किएको पुल नयाँ ठेक्का लगाएर मर्मत गरिने तयारी छ । पुल बन्नका लागि कम्तिमा एक वर्ष सम्म समय लाग्ने अनुमान छ । पुल भाँचिदा भएको सवारी जाम लगायतका कारणले निर्माणाधीन नारायणगढ –बुटवल सडक खण्ड थप ढिलाई हुने भएको छ ।

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ २८, सोमबार १८:३५
  • 27 views
राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

विस्तृत.....

  • २०८१ माघ २६, शनिबार १५:३८
  • 26 views
खानेपानी मन्त्रालय आगलागी प्रकरणः ५० लाख बराबरको क्षति ।

काठमाडौं, माघ २६ गते । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप,…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *