रमेश बस्ताकोटी, नवलपुर :  सदरमुकाम कावासोतीमा शुक्रबार देखि सुरु हुन लागेको आठौं नवलपुर महोत्सको सम्पुर्ण तयारी पुरा भएको छ ।

आयोजक नवलपुर उद्योग वाणिज्य संघले बिहिबार अपरान्ह पत्रकार सम्मेलनको आयोजना गरि महोत्सको सबै तयारी पुरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालले भने, ‘हाम्रो सबै तयारी पुरा भएको छ , यस पटक फरक तरिकाले महोत्सव संचालन हुँदैछ , त्यसका लागि तयारी पुरा भएको हो ।’ महोत्सवको शुक्रबार उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्देछन् ।

गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्यालको पनि उद्घाटन समारोहमा सहभागी रहने अर्यालले बताए । महोत्सवका उद्घाटन अघि बिभिन्न झाँकी सहितको शोभा यात्राले बजार परिक्रमा गर्नेछ ।
“पर्यटन ,कृषि ,उद्योग र व्यापारको उत्सव : समृद्ध नवलपुरका लागि आठौं महोत्सव” भन्ने नाराका साथ कावासोती नगरपालिका १६ डण्डामा रहेको अंकुर सामुदायिक वन परिसरमा महोत्सव संचालन हुँदैछ ।
महोत्सव शुक्रबार देखि सुरु भएर फागुन १० गतेसम्म चल्नेछ । महोत्सवका प्रवक्ता एवं नवलपुर उद्योग वाणिज्य संघका महासचिव बुद्धीसागर पोख्रेलले महोत्सवका लागि स्टल , वालउद्यान , खेलकुद , बिभिन्न प्रतियोगिता र गोष्ठीहरुको सबै तयारी पुरा भएको बताए ।

उनका अनुसार महोत्सवमा स्थानीय एवं राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति , विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी , जिल्लामा उत्पादित वस्तुको प्रदर्शनी , कृषि प्रदर्शनी ,शैक्षिक अनुसन्धान र नव प्रवद्र्धन कार्य प्रोत्साहन कार्यक्रम , रत्यौली प्रतियोगिता , डान्स आइडल ,श्रष्टा सम्मान सहितका कार्यक्रम रहनेछन् ।

‘यो पटकको महोत्सवमा एफिल टावर, फिस टनेल र सुनामी झुला बिषेष आकर्षका रुपमा छन् , हामी कलासस्कृतीको संरक्षणका लागि रत्यौली प्रतियागिता गर्दैछौं । त्यो अर्को आकर्षणका रुपमा रहनेछ ।’ उनले भने

महोत्सवमा २ सय ५० वटा सम्म स्टल रहने पोख्रेलले बताए ।