कावासोतीः नेपाल निजामति कर्मचारी यूनियन नवलपुरको अध्यक्षमा अशोक श्रेष्ठ सर्मसम्मत निर्वाचित भएका छन । शनिवार कावासोतीमा सम्पन्न तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिती चयन गरेको हो ।

यूनियनको जिल्ला अधिवेशनको उदघाटन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति एवम प्रदेश सांसद महेन्द्रध्वज जिसीले कर्मचारीहरु सवैको साझा वन्न सक्नुपर्ने वताए । कर्मचारीहरुले आफ्नो कार्यकक्षमा वसेर सेवाग्राहीलाइ समभाव राखेर काम गर्न समेत जिसीले आग्रह गरे ।

कतिपय कर्मचारीहरु कमाउ धन्धामा लाग्दा सम्पुर्ण कर्मचारीहरुको समेत आत्मासम्मानमा ठेस पुग्नुका साथै मानमर्दन भएको वताउदै जिसीले कर्मचारी प्रति सेवाग्राहीले हेर्ने दृष्टिकोण फरक पर्न गएकोले सजग र सचेत रहन समेत आग्रह गरे ।

कार्यक्रममा सम्वोधन गर्दै नेपाल निजामती कर्मचारी यूनियन गण्डकी प्रदेश अध्यक्ष दिपक रेग्मीले सरकारले ल्याउन लागेको संघिय निजामती सेवा ऐन कर्मचारीको हित अनुकुल हुनुपर्नेमा जोड दिए । साथै उन्ले सवै कर्मचारीहरुले आफ्नो सेवा क्षेत्रमा हाँसेर सेवा दिन सकेमात्र नागरिकले सहज स्विकार गर्ने वताए । हामीले सेवाग्राहीलाइ काखा र पाखा गर्नुहुदैन । सवैलाइ समान पुर्ण सेवा प्रदान गर्नुपर्छ रेग्मीले भने ।

वुद्धि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देल, गैडाकोट नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत झविन्द्र अर्याल, पूर्व प्रदेश सांसद ओमकला गौतम लगायतकाले सुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनले समितिको उपाध्यक्षमा हरिशंकर सर्मा, उपाध्यक्ष महिलामा उषा वस्याल, समावेसी उपाध्यक्षमा प्रदीप श्रेष्ठ, सचिवमा ईश्वर भुषाल, सहसचिवमा केशव प्रसाद पौडेल र कोषाध्यक्षमा महेन्द्र वस्ताकोटी निर्वाचित भएको निर्वाचन संयोजक अधिवक्ता सुवास देवकोटाले जानकारी दिए ।

अधिवेशनले केन्द्रिय महाधिवेशन प्रतिनिधीको रुपमा यातायात व्यवस्था कार्यालय कावासोतीमा कार्यरत धिरेन्द्रराज सुवेदी, बुद्धि प्रसाद अधिकारी, गोकुल पराजुली, बुद्धि वहादुर देउजा र माया कुमारी शर्मा लाई सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै प्रदेश अधिवेशन प्रतिनिधीमा धर्मेन्द्र कुमार साह, गणेश वहादुर ठकुरी, सन्तोष भण्डारी, गणेश न्यौपाने, नरमाया राना र रामचन्द्र ढकाल चयन भएका छन ।