कावासोतीमा सेनाको जिप दर्घटनाः ६ जना घाइते ।

कावासोती । नेपाली सेना लिएर हिडेको बोलेरो जिप कावासोतीको खरकट्टामा दुर्घटना हुदा ६ जना नेपाली सेना घाईते भएका छ्न ।
आईतबार बिहान अन्दाजी ६:३० बजेको समयमा सल्यानबाट काठमाण्डौ जाँदै गरेको भे १ ज ३८४ नम्वरको जीप अनियन्त्रीत भइ दुर्घटनामा भएको प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीका अनुसार १२ जना सवार जिप दुर्घटना हुँदा ६ जना घाईते भएका र घाईतेको अवस्था सामान्य रहेको छ।
सल्यानमा रहेको श्री सबुज गणका कार्यरत रहेका धादिङ धुन्चे नगरपालिका २ बस्ने वर्ष ४० का हवल्दार राजकुमार सापकोटा, काभ्रे धुलीखेल नगरपालिका ११ बस्ने वर्ष ३१ का सन्त तामाङ, बनेपा ८ बस्ने वर्ष ३३ का केशर मगराती, तनहुँ व्यास १ का मंगल विक, खैरेनी तनहुँ ६ का विकास परियार र नुवाकोटका हरिचन्द्र सिटौला सामान्य घाईते भएका गिरीले बताए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै