नवलपुर, असार ७, २०८२: पूर्वी नवलपरासीबाट भ्रमणका लागि यात्रु बोकेर गोरखा गएको माइक्रोबस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
शनिबार गोरखा–आँबुखैरेनी सडक खण्डअन्तर्गत गोरखा नगरपालिका–११, पन्ध्रकिलोमा ध १ ख ४६२ नम्बरको माइक्रो अनियन्त्रित भएर सडक छेउको नालामा पल्टिँदा दुर्घटना भएको हो।
माइक्रोमा पूर्वी नवलपरासीबाट गोरखा भ्रमणका लागि गएका १६ यात्रु सवार थिए।
दुर्घटनामा ९ जना घाइते भएका र उनीहरूको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्र प्रसाद सुवेदीले बताए। गोरखा भ्रमण गरेर फर्कँदै गरेको माइक्रो दुर्घटना भएको जनाइएको छ।