
असार १९, कावासोती: “म नर्सरि देखि यहि विद्यालयमा पढ्दै आएकि हुँ, विद्यालयकै अगाडि भएको पसलमा पहिलेदेखि नै कापि कलम किन्न जान्थेँ, मेरो यादमा भएसम्म कक्षा ६ मा पढ्ने बेला देखि नै त्यो पसलमा सामान किन्न जाँदा फरक व्यवहार हुने भएको महषुस हुन्थ्यो तर यो व्यवहार गलत हो जस्तो लाग्दैनथ्यो, तर केहि दिन अघि मात्रै पनि त्यो पसलमा सामान किन्न जाँदा पसलको अंकलले मेरो हात समाउने, शरिरका विभिन्न अंग प्रत्यङ्ग छुने गर्न थाल्नुभयोः म डराएँ र घरमा गएर आमालाई अंकलले गरेको व्यवहार वारे बताएँ तर आमाले अबदेखि त्यो पसलमा नजा, त्यता हेर्दै नहेरी हिँड भन्नुभयोः म पनि केहि बोलिन, एकजना साथिले आँट गरेर स्कुलमा निवेदन दिएपछि मलाई पनि आँट आयो र म माथि भएको कुरा बताएँ ।” यो भनाई थियो जनता माध्यामिक विद्यालयको कक्षा ९ मा पढ्दै गरेकी एक छात्राको ।
त्यस्तै सोहि विद्यालयको कक्षा ८ मा पढ्दै गरेकी अर्कि एक छात्राले भन्नुभयो: “हामिले विद्यालयमा निवेदन दिएको कुरा थाहा पाएपछि यहि विद्यालयबाट कक्षा १२ पास गरेर जानुभएको दिदिले पनि आँफुलाई पनि विद्यालय पढ्दा त्यस्तै नराम्रो गर्ने गरेको साथै, त्यो पसलेले म्यासेन्जर र टिकटकमा म्यासेज गरि भेट्न बोलाउने, असभ्य कुरा गर्ने गरेको पनि भन्नुभाथ्यो ।”
यि प्रतिनिधि आवाज मात्र हुन् । एउटा विद्यालयमा अध्ययनरत दर्जन बढि छात्राहरुले विद्यालय अगाडि किराना र पुस्तक पसल सञ्चालन गर्दै आईरहेको एक व्यक्तिले आँफुहरुलाई यौन दुव्र्यवहार गर्ने गरेको सार्वजनिक भएपछि अहिले सिंगो विद्यालय र त्रिभुवनटा क्षेत्र नै आन्दोलित देखिएको छ ।
नवलपुरको कावासोती नगरपालिका वडा नं. १४ त्रिभुवनटार, डण्डामा रहेको जनता माध्यामिक विद्यालय भन्दा बाहिर पसल सञ्चालन गर्दै आईरहेका व्यक्तिले विद्यालयमा अध्ययनरत छात्राहरुलाई यौन दुव्र्यवहार(ह्यारेसमेण्ट) गरेको आरोपमा बुधबार पक्राउ परेका छन् ।
विद्यालयको मुल गेट अगाडि सुजल किराना एण्ड पुस्तक पसल सञ्चालन गर्दै आएका ४८ वर्षिय श्रेष्ठ थरका व्यक्तिले यौन दुव्र्यवहार गरेको भन्दै विद्यालयको कक्षा ७ मा अध्ययनरत एक छात्राले विद्यालय प्रशासनमा लिखित निवेदन दिएपछि यो घटना सार्वजनिक भएको हो ।
एकजना छात्राले आँट गरेर श्रेष्ठ विरुद्ध निवेदन नै दिएपछि सोहि विद्यालयमा अध्ययनरत अन्य दर्जन बढि छात्राहरुले आँफुहरुलाई समेत वर्षौँ अगाडि देखि नै ति पसल सञ्चालकले विभिन्न वहानामा दुव्र्यवहार गर्दै आएको खुलाएका थिए । स्टेशनरि सामाग्रि खरिदकालागि उक्त पसलमा पुग्दा विभिन्न वहाना बनाएर छात्राहरुको हात समाउने, संवेदनशिल अंगहरुमा छुने, फेसबुक, टिकटक लगायतका आईडि माग्ने र सामाजिक सञ्जालमा अशोभनिय म्यासेजहरु गर्ने, विद्यालय उत्तिर्ण भएर गैसकेका विद्यार्थीहरुलाई समेत सामाजिक सञ्जालमा म्यासेज र टेलिफोन मार्फत एकान्तमा भेट्न बोलाउने, भेट्न नआएमा छात्राहरुलाई धम्क्याउने गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।
विद्यालयमा अध्ययनरत एक छात्राले आफुमाथि भएको दुव्र्यवहारकावारे अभिभावकलाई सुनाउँदा अब देखि त्यो पसलमै नजा भन्ने जवाफ दिएकोले पनि लामो समयदेखि आँफुहरु दुव्र्यवहार सहन बाध्य बनेको बताउनुभएको थियो । विद्यार्थीको निवेदन पश्चात विद्यालय प्रशासनले यस विषयमा आवश्यक कारवाहिकालागि विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र आरोपित व्यक्तिको परिवार विच छलफल चलाएपनि विद्यार्थीहरुको आक्रोश बढ्दै गएपछि विद्यालयमा छलफल गर्न सक्ने अवस्था नरहेकोले आरोपितलाई प्रहरीको जिम्मा लगाएको विद्यालयको प्रध्यानाध्यापक पुजा श्रेष्ठले बताउनुभएको छ ।
त्यस्तै विद्यालय व्यवस्थापन समिति अध्यक्ष लिला भण्डारीले छात्राहरुको न्यायकालागि जुनसुकै अवस्था आएपनि अन्तिम सम्म लड्ने प्रतिबद्धता जनाउनुभएको छ । यता जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मधु नेपालले आरोपितलाई हिजो साँझ अबेर मात्र प्रहरी कार्यालयमा ल्याईएको साथै घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको जानकारी दिनुभएको छ ।
उहाँले विद्यार्थीमाथि दुव्र्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको भएपनि लिखित रुपमा जाहेरि आईनसकेकोले पनि घटनाको सम्बन्धमा अन्य अनुसन्धान बाँकि नै रहेको भन्दै विस्तृत अनुसन्धान पछि मात्रै यसको खास वास्तविकता वारे भन्न सकिने वताउनुभएको छ ।
भिडियो हेर्नकालागि यो लिंकमा जानुहोला