श्रावण ४, कावासोती । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले हुप्सेकोट ४ स्थित देउराली प्राथमिक अस्पतालको नवनिर्मित भवनको उदघाटन गरेका छन ।

आईतवार सम्पन्न भवन उदघाटन कार्यक्रममा हुप्सेकोट गानको समेत बिमोचन गरिएको थियो भने नवनिर्मित अस्पतालको भोगाधिकार प्राप्त गर्न महत्वपूर्ण भुमिका निभाउने पुर्व वडाध्यक्ष रोशन थापा र हुप्सेकोट ६ स्थित स्वास्थ्य चौकीको जग्गादान गर्ने ब्यक्तित्वहरु बिनिसरा बार्ह्रघरे,श्याम बार्ह्रघरे एवम हुप्सेकोट गानमा शब्द संगित भर्ने सर्जकहरु चेतन रजाली र प्रकाश गुरुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल,गाउँपालिका अध्यक्ष लक्ष्मी देवि पाण्डे,जिल्ला समन्वय समिति प्रमुख बाबुराम बिश्वकर्मा,प्रदेश सांसद महेन्द्रध्वज जिसि र गाउँपालिका उपाध्यक्ष पुर्ण सिं रानाले सम्बोधन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले बताए ।

हुप्सेकोट गाउँपालिका अध्यक्ष पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेल प्रमुख अतिथी रहेका थिए ।