
फ्रिडम फोरमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खोसिने सम्भावना बढेको भन्दै सबैलाई सचेत गराएको छ ।
फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीको प्रतिकुल समयमा संविधानका मान्यताहरु कुल्चिँदै देशलाई चुनावमा धकेल्ने विवेकहीन कदम चालिएको टिप्पणी गरेका छन् ।
‘यस्तो अलोकतान्त्रिक कदम चाल्ने सरकारले नागरिकको अभिव्यक्तिको स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र प्रेसमाथि पनि अंकुश बढाउने खतरातर्फ बेलैमा सचेत र जागरुक रहन हामी सबैमा आह्वान गर्दछौं,’ विज्ञप्तिमा दाहालले भनेका छन्, ‘साथै, त्यस्तो कुनै कदम नचाल्न पनि सरकारलाई सचेत गराउन चाहन्छौं ।’