भदौ १, कावासोती । कावासोतीमा आउँदो भदौ ७ गते जिल्लामै फरक र नविन तिज विषेश कार्यक्रम हुने भएको छ ।
नेपाली सनातन हिन्दु धर्मावलम्बि महिलाहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु भैरहेको सन्दर्भमा कावासोतीमा भने अन्यत्र भन्दा भिन्न प्रकारले विद्यालय शिक्षकहरुको तिज गित प्रतियोगिता आयोजना हुने भएको हो ।
नवलपुरको कावासोती नगरपालिका वडा नं. ३ मा अवस्थित रेडियो कावासोती १०२.६ मेगाहर्ज र सिद्धार्थ आवासिय मा.वि. कावासोतीको संयुक्त आयोजनामा “नगर स्तरिय अन्तर विद्यालय शिक्षक तिज गित प्रतियोगिता एवं दर खाने कार्यक्रम २०८२” आयोजन गर्न लागिएको रेडियोका प्रबन्ध सञ्चालक भोजराज दाहालले जानकारी दिनु भएको हो ।
समाज रुपान्तरणमा हाम्रो आवाज हाम्रो अभियान भन्ने आदर्श वाक्यलाई आत्मसाथ गरि सुचना, समाचार र मनोरञ्जनका साथै जिल्लामै पृथक कार्यक्रमहरु प्रस्तुत गर्दै आएको रेडियोले हिन्दु नारिहरुको महान पर्व तिजलाई अझ विषेश बनाउने उद्येश्य सहित कावासोती नगर भित्रका विद्यालयमा अध्यापनरत शिक्षक-शिक्षिकाहरु विचको तिज गित प्रतियोगिता तथा दर खाने कार्यक्रम गर्न लागिएको सिद्धार्थ आवासिय मा.वि.का संस्थापक प्रिन्सिपल समेत रहनु भएका दाहालले जानकारी दिनुभयो ।
उहाँले प्रतियोगिता यहि भदौ ७ गते शनिवारका दिन विहान १० बजे देखि रेडियो कावासोतीको प्राङ्गण अर्थात सिद्धार्थ आवासिय मा.वि. परिसर, कावासोती ३ मा आयोजना गरिने बताउनुभयो । प्रतियोगितामा बढिमा ७(वाध्यवाधक सहित १०) जना सम्म शिक्षक शिक्षिका अर्थात महिला÷पुरुष, आआफ्नो साँस्कृतिक पोशाकमा उपस्थित हुनुपर्ने, बाध्यबाधनका सामाग्रि आयोजकले नै व्यवस्थापन गर्ने, एक समुहलाई बढिमा ८ मिनेटको समय उपलब्ध गराईने, तिज गित नेपाली लोक लयमा आधारित हुनुपर्ने लगायतका नियमहरु रहेका छन् ।
प्रतियोगितामा प्रथम, द्धित्तिय, तृतिय र शान्त्वना हुने समुहलाई उचित पुरस्कार र प्रमाणपत्र प्रदान गरिने बताईएको छ । प्रतियोगितावारे थप जानकारीकालागि रेडियो कावासोती १०२.६ मेगाहर्जको कार्यालय, कावासोती ३, नवलपुर, अथवा फोनः ०७८५४०३६९, ०७८५४०३७०मा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ ।

