कावासोती । नवलपुरको कावासोतीमा जिल्ला स्तरीय खुल्ला भोदी खेल प्रतियोगिता हुने भएको छ ।
कावासोती नगरपालिका १६ डण्डामा रहेको थारु राष्ट्रिय संग्राहलय डण्डाको आयोजनामा संग्राहालयको मैदानमा भदौ १३ गते सम्पन्न हुने जिल्ला स्तरीय खुल्ला पुरुष तथा महिला भोदी खेलकुद प्रतियोगिता नेकपा माओबादि केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुस्प कमल दहाल प्रचण्ड उदघाटनका लागि नवलपुर आउने भयका हुन ।
थारु संग्राहालयमा आयोजित पत्रकार सम्मेलनमा थारु संग्राहलयका अध्यक्ष फनसराम महताले दिएको जानकारी अनुसार प्रतियोगितामा महिला र पुरुषका छुट्टाछुट्टै गरी ८० भन्दा बढी समूहको सहभागिता रहने छ ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार, तृतीय हुनेले ५ हजार पुरस्कार पाउने छन् भने सान्त्वना हुनेले २ हजार पुरस्कार पाउने छन् ।
त्यसैगरी महिलातर्फ प्रथम हुनेले ५ हजार, द्वितीय हुनेले ३ हजार र तृतीय हुनेले २ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
अनन्त चतुदर्शीको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । नवलपुरका थारु समुदाय माझ भोदी खेल प्रतियोगिता निक्कै प्रचलित रहेको छ । यो खेल द्वापर युगदेखि चलनचल्तीमा आएको मान्यता रही आएको थारु समुदायको अगुवा एवम् थारु कल्याणकारिणी सभा नवलपरासीको पूर्व अध्यक्ष गणेशमान महतोले बताए ।
पत्रकार सम्मेलनको भिडियो ।।

