पछिल्लो २४ घण्टामा ७९१४ संक्रमित, ७६६४ संक्रमणमुक्त, १९३ जनाको मृत्यु

काठमाडौैं, जेठ ९ । नेपालमा कोरोना भाइरसबाट आइतबार १९३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थपिएकासँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ३४६ पुगेको छ ।
आइतबार एकैदिन ७ हजार ९१४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
१८ हजार ९६५ जनाको पीसीआर परीक्षणबाट ७ हजार ५९८ तथा ९६१ जनाको एन्टीजेन परीक्षणबाट ३१६ जना संक्रमित पुष्टि भएका हुन् ।
परीक्षणको ३९ दशमलव ७१ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको हो ।
थपिएकामा काठमाडौंका १७६१, ललितपुरका ६९४, रुपन्देहीका ४२९, कास्कीका ४०१, मोरङ्गका ३८३ तथा भक्तपुरका ३६६ जना हुन् ।
आइतबार थप ७ हजार ६६४ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्त हुने दर ७६ दशमलव ३ प्रतिशत रहेको छ ।
योसँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९१ हजार ३४८ पुगेको छ ।
अहिलेसम्म ५ लाख १३ हजार २४१ जना संक्रमित भइसकेका छन् ।
हाल सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ रहेको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा