यौनकर्मी महिला मात्र होइन पुरुष पनि प्रसस्तै छन नेपालमा, यस्तो छ डाटा (हेर्नुहोस)

काठमाडौंको रानीपोखरी र रानीपोखरी छेउको गणेश मन्दिर। यहीँ भेटिन्छन्, ‘मिसन सोल्टी’। जिम गरेको कसिलो जिउ र कोरियन शैलीको जेल लगाइएको उनको केश देखेर जो-कोही आकषिर्त हुन सक्छन्।

आखिर उनको उद्देश्य पनि त्यही हो। उनी हुन् सहरका नामी यौनकर्मी। सडकमा रुघेँको देख्दा ‘मिसन सोल्टी’ सजिलै हात पर्छन् भन्ने लाग्न सक्छ,। भ्रमबाट मुक्त हुनुहोस्, उनी चानचुने यौनकर्मी होइनन्। उनीसँग एकरात बिताउन पूरा १० हजार रुपैयाँ तिर्नुपर्छ। केही वर्षअघि यही गणेश मन्दिरमा उनी आफ्नो मोल ५ सय राख्थे।

अरू सामग्रीको सय प्रतिशत मूल्य बढ्दा उनको भाउ हजार प्रतिशतले बढेको छ। छेऊमै १२ वर्षदेखि मकै पोल्ने आशाकुमारी पाखि्रन भन्छिन्, ‘यो मोरो, पहिले मागेर मकै खान्थ्यो, छोरो जस्तो लागेर दिन्थें, अहिले बोल्दा पनि पैसा लाग्छ जस्तो गर्छ।’

रक्षा नेपालकी अध्यक्ष मेनुका थापा एक साँझ टहल्दै रानीपोखरी पुगेकी थिइन्। चुरोट पिइरहेको एउटा युवकले अचानक चुरोट फ्याक्यो र मुख अर्कोतिर फर्कायो। २२-२५ वर्षीय युवक यसरी आफूसँग अचानक डराएको देख्दा थापा अचम्ममा परिन्। युवकको छेऊ पुगेर ध्यानपूर्वक हेर्दा पो थाहा भयो, ती युवक अरू कोही नभएर पाँच वर्षअघि एउटा क्याबिन रेस्टुराँमा भाँडा मोल्ने भाइ रहेछन्।

ठमेलको क्याबिन रेस्टुराँमा काम गर्ने महिलाहरूको उद्धार गर्न जाने क्रममा त्यहाँ काम गर्ने भाइसँग उनको परिचय भएको थियो। अहिले हतारमा डराएर चुरोट फ्याक्ने युवक तिनै थिए। पाँच वर्षपछि लक्का जवान भएका ती युवक त्यसरी नडराएका भए मेनुकाले चिन्न सक्ने थिइनन्। डराउनुको कारण सोधखोज गर्दै जाँदा थाहा भयो, उनी पनि त्यस्तै कार्य गर्दा रहेछन्। तीन वर्षदेखि उनी सडकमै ग्राहक खोजेर त्यसबापत प्राप्त हुने पारिश्रमिकले आफ्नो परिवारको पेट पाल्छन्।

उनकी श्रीमती र एक छोरा छन्। छोरा सहरको एउटा चर्चित निजी विद्यालयमा पढ्छन्। ‘संस्थामा भएका बहिनीहरूमार्फत सहरमा त्यस्ता कार्य गर्ने प्रसस्तै छन् भन्ने सुनेकी थिएँ।’ संचारकर्मी संगको भेटमा मेनुकाले भनिन्, ‘त्यही भाइ पनि त्यस्तै काम गर्ने गरेको थाहा पाउँदा मलाई अचम्म लाग्यो।’

उनीहरुले आफूलाई जिगोलो भनेर चिनाउँछन् । विदेशी पर्यटकहरूको संगतमा उनीहरूले यो नाम पाएका हुन्। धेरैजसो त्यस्ता कार्य गर्नेहरु एक्लाएक्लै ग्राहक खोजे पनि जिगोलो समूहका ७ जनाले भने आफ्ना ग्राहक एकअर्कालाई चिनाउने गरेका छन्। केही ग्राहकले ‘पठ्ठा’ छानेर मात्र लान थालेपछि उनीहरूले आफ्नो समूह बनाएका हुन्। समूहका नाइके हुन्, ‘मिसन सोल्टी।’ उनलाई भोटाहिटी क्षेत्रमा त्यही नामले चिनिन्छ।

‘कहिलेकाहीँ केटाहरूले हामीलाई दुःख दिने भएकाले समूह बनाएको हुँ।’ ‘कहिलेकाहीँ मेमहरूको ढुकुटीमा डुबेको पैसा पनि उठाइदिनुपर्छ। त्यसका लागि केटाहरू चाहिन्छ। मेमसँग बाहिर गएका बेला केटाहरूलाई आफ्नो काम जिम्मा दिर्नुपर्ने भएकाले पनि समूह बनाएको हुँ।’ मिसन सोल्टीलाई पहिलेदेखि चिनेको बताउने आशाकुमारी पाखि्रनका अनुसार कहिलेकाहीँ यो समूहसँग बाहिरी युवाहरूको झगडा पर्छ। यद्यपि झगडा के विषयमा हुन्छ भन्ने कुरा भने उनले बुझेकी छैनन्। ‘आला-काँचा छन्, सडकमै हुर्किएका हुन्, त्यही भएर झगडा गर्छन्।’ आशाकुमारी भन्छिन्, ‘कहिलेकाहीँ उसलाई लिन नीलो गाडी आएको देख्छु, तर गाडीमा किन जान्छ, चासो दिन्न।’

मिसन सोल्टी र उनका समूहलाई मेमहरूले छानेर लाने गरेका छन्। उनीहरूलाई कहिले क्यासिनो लान्छन् भने कहिले सीधै आफ्नै घरमा पुर्‍याउँछ। ‘सँगै रक्सी खाइन्छ, त्यसपछि उनीहरूले भनेअनुसार गर्नुपर्छ।’ मिसन सोल्टी भन्छन्, ‘पहिले त मलाई के-के गराएको होला भनेर रिस पनि उठेथ्यो, तर अहिले बानी भयो।’ मिसन सोल्टीका अनुसार उनीहरूले महिला ग्राहकलाई जीउमा तेल लगाइदिने, जीऊ दुखेको बेला थिचिदिने एवं मुखमा ….।

सन् २००१ मा ब्लु डाइमन्ड सोसाइटीका अध्यक्ष सुनिलबाबु पन्तले लन्डन स्कुल अफ हाइजिन ट्रोपिकल मेडिसिनका लागि विशेष अध्ययन गरेका थिए अध्यन अनुसार नेपालमा विसौ हजारको हाराहारीमा त्यस्ता कार्यमा लागेको बुझिएको छ ।