काँचो प्याज खानुस्, ६ थरी रोग निको पार्नुस्

काठमाडौं । भोजनमा वा सलादका रूपमा खाइने प्याज स्वास्थ्यका लागि लाभदायक हुन्छ। केही मानिस स्यान्डविच, चटनी तथा चाटका रूपमा पनि प्याज सेवन गर्छन्। तर प्याज त काँचै खाँदा पनि स्वास्थ्यलाई फाइदा गर्छ।सल्फर, अमिनो एसिड, एन्टीबायोटिक्स, फाइबर, क्यालिस्यम, आयोडिन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरूले भरपूर एक काँचो प्याजको सेवनले गम्भीर रोगलाई पनि जरैबाट सिध्याउँछ। यहाँ हामी प्याजले निको पार्ने चार रोगको चर्चा गर्दैछौं।

कब्जियत
प्याजमा भएका रेशाहरू पेटको रोगका लागि लाभदायक हुन्छन् । दिनदिनै एउटा काँचो प्याज खाँदा कब्जियत, ग्यास र एसिडिटीको समस्या समाप्त हुन्छ अनि पाचनतन्त्रले सुचारु रूपमा काम गर्छ ।
रक्तचाप
प्याजमा भएको मिथाइल सल्फाइड र अमिनो एसिडका कारण रक्तचापलाई नियन्त्रणमा राख्न सफल हुन्छ । दिनको एउटा काँचो प्याज खाएर उच्च रक्तचापबाट छुटकारा पाउनुस् ।

पत्थरी
बिहानै खाली पेट दुई चम्चा प्याजको रस पिउनुस् । नियमित रूपमा यसको सेवनले पत्थरीको समस्या सधैंका लागि सकिन्छ ।
मधुमेह
काँचो प्याज खाँदा शरीरमा इन्सुलिन बन्छ । दिनदिनै एउटा काँचो प्याज वा त्यसको रसको सेवनले मधुमेह निको पार्छ ।

घाँटी खसखसाउने
रुघा, कफ र घाँटी खसखसाउने समस्यालाई हटाउनका लागि प्याजको रसमा सक्खर र मह मिसाएर पिउनुस् ।
रक्ताल्पता
दिनदिनै एउटा काँचो प्याज खाँदा शरीरमा रगतको कमी हुन पाउँदैन । यसबाहेक प्याजमा भएका पोषक तत्त्वले रोगप्रतिरोधक क्षमता पनि वृद्धि गर्छन्। एजेन्सी

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २८, आईतवार २२:१५
    • 53 views
    पेटको बासो घटाउन अत्यन्तै प्रभावकारी ५ योगासन ।

    काठमाडौं । पेटको बोसो तपाईँको स्वास्थ्यको लागि मात्र नभई तपाईँको आत्मविश्वासको लागि पनि ठुलो चुनौती साबित हुन सक्छ । पेटको बोसो बढ्दा धेरै रोगको जोखिम पनि बढ्न सक्छ । तसर्थ, यदि…

    विस्तृत.....

    • २०८१ पुष ३, बुधबार १८:३४
    • 77 views
    छाला चिलाउने समस्या कुन भिटामिनको कमीले हुन्छ ?

    काठमाडौं । छाला चिलाउँदा हामीलाई धेरै असहज महसुस हुन सक्छ । यो समस्या फंगल संक्रमणसहित धेरै कारणले हुने गर्छन् । छाला चिलाउने समस्या एक भागबाट सुरु भएर सम्पूर्ण भागमा फैलिन सक्छ ।…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *