निःशुल्क ‘तातो भात अभियान’ सञ्चालन

चितवनमा विवेकशील साझा पार्टीले निषेधाज्ञाको समयमा रोजगारी गुमाएका र विपन्न नागरिकलाई लक्षित गरी निःशुल्क ‘तातो भात अभियान’ सञ्चालन गरेको छ ।
भरतपुरका अस्पतालहरुमा उपचाररत कोभिडका बिरामी र कुरूवाहरू साथै संकटमा परेका श्रमिक, मजदुरहरूलाई लक्षित गरी गत शुक्रबारदेखि निःशुल्क खाना अभियान सुरु गरेको हो ।
साझा पार्टीका केन्द्रीय सदस्य भूपेन्द्र बस्नेतले निषेधाज्ञाको समयमा रोजगारी गुमाएका तथा विपन्न मानिसहरुको लागि यो अभियान चलाइएको बताए । उनले भने, ‘ आज मात्र भरतपुरको विभिन्न ठाउँमा ६० जनालाई खाना खुवाएका छौं ।
यस्तो महामारीको अभावमा खाद्यान्न नभएर चुलो बाल्ननै समस्या पर्नेहरुलाई खाद्यान्न पनि सहयोग गरिरहेका छौं ।’ उनले आफूहरु देशमा पार्टी निर्माणसँगै परिपाटी पनि निर्माण अभियानमा लागेको बताए ।
साझा पार्टीले सञ्चालन गरेको ‘तातो भात’ अभियानमा पार्टीका २० जना नेता तथा कार्यकर्ता हरेक दिन वितरणमा खट्ने गरेका छन् । भरतपुर अस्पताल अगाडि रहेको एक रेष्टुरेन्टमा खाना पकाउन लगाएर भरतपुरका विभिन्न ठाउँमा वितरण गर्ने गरिएको बस्नेतले जानकारी दिए । उनले भने, ‘हामी प्रत्यक्ष बसेर हेर्ने भएकोले खाना निकै हाइजेनिक हुन्छ ।
दाल, भात, तरकारी र अचार निःशुल्क वितरण गरिरहेका छौं । लकडाउन नसकिएसम्म अभियान चलिरहन्छ ।’ पार्टीले शुभेच्छुकहरु खोजेर यो प्रवन्ध गरिरहेको केन्द्रीय सदस्य बस्नेतले जानकारी दिए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा

१५ असोज, काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि

१४ असोज, काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत