माधव र झलनाथसहित ११ नेता एमालेबाट निष्काशित

१० जेठ, काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्काशन गरेको छ । १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाटै निष्काशन गर्ने निर्णय गरेको हो ।
शनिबारको स्थायी कमिटीको निर्णयअनुसार केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र काटेका थिए । तर ११ जनाले नै जवाफ नदिएपछि निष्काशनको निर्णय भएको छ ।
बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता
बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। साथै मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको नेता छविलाल विश्वकर्माले जानकारी दिए ।
सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै