
पूर्वी नवलपरासीमा सोमबार १३३ जना संक्रमित निको हुँदा १३२ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार निको भएका १३३ सहित नवलपुरमा कोरोनाको दोस्रो लहर शुरु भए यता १३ सय २८ जना निको भएका छन् । सोमबार सबैभन्दा बढी गैडाकोटको ५७ जना निको भएका छन् । स्वास्थ्य कार्यालय नवलपुुरका अनुसार सोमबार थप एक जनाको निधन भएको छ । यो सहित नवलपुरमा मृतकको संख्या ६६ पुगेको छ भने दोस्रो लहर शुरु भए यता ३४ जनाको निधन भएको छ । सोमबार नवलपुरको गैडाकोटमा ७२ जना, देवचुलीमा १० जना, कावासोतीमा २० जना, मध्यविन्दुमा १६ जना संक्रमित थपिएका छन् । त्यसैगरी विनयी त्रिवेणीमा १२ जना र हुप्सेकोटमा २ जना संक्रमित थपिएका छन् । नवलपुरमा अहिले १ हजार ४३ जना सक्रिय संक्रमित रहेका छन् ति म्रध्ये ३३ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् भने बाँकी होम आइसोलेशनमा रहेका छन् ।