अक्सिजन सेवा विस्तारका लागि स्थानीय स्तरबाट सहयोग जुट्ने क्रम शुरु

मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन सेवा विस्तारका लागि स्थानीय स्तरबाट सहयोग जुट्ने क्रम शुरु भएको छ । नवलपुरमा संक्रमितको चाप बढ्दै गए पछि जिल्ला अस्पतालमा एउटा अक्सिजन प्लाष्ट सञ्चालनमा आए पनि सेवा अक्सिजन अभाव हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अक्सिजन प्लाण्ट विस्तार गर्ने नवलपुरको विपद व्यवस्थापन समितिले निर्णय गरेको छ । सोही निर्णय अनुसार आफूहरुले पनि स्थानीय स्तरबाट सहयोग संकलन गरी अस्पताललाई २ लाख ४४ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरिएको कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले बताए । वडा अध्यक्ष श्रेष्ठले उक्त रकम अस्पतालका डा. विरबहादुर थापालाई अस्तान्तरण गरेका थिए । वडा अध्यक्ष श्रेष्ठले २७ हजार ५ सय ५५, सत्कार पौडेलले २६ हजार १ सय ११, कोषराज कार्कीले २५ हजार, ऋषिराम कंडेलले २५ हजार, विन्दु केसीले २५ हजार, गोमाया खण्डलुकले २५ हजार सहयोग गरेका हुन् । त्यसैगरी नवराज भण्डारीले २५ हजार, रिभर श्रेष्ठले २५ हजार, राजकुमार श्रेष्ठले १५ हजार, नवजीवन पुनस्थापना केन्द्र चोरमाराले १० हजार, कावासोती ३ का भानुयुथ एकेडमी र उनका पदाधिकारीबाट ११ हजार सहयोग गरेको वडा अध्यक्ष श्रेष्ठले रकम हस्तान्तरण कार्यक्रममा जानकारी गराएका थिए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै