सामुदायीक वन प्रवेशद्वारको मुहार

देवचुली, माधब सुबेदी
देवचुली नगरपालिका वडा नं १६ रजहरमा निर्माण भैरहेको सामुदायीक वन प्रवेशद्वारको मुहार देखिन थालेको छ । धुसेरी सामुदायीक वन उपभोक्ता समुहको १५ लाखको लागतमा निर्माण भैरहेको प्रवेशद्वारको पर्यटक भित्र्याउने खालको मुहार देखिन थालेको हो । धुसेरी सामुदायीक वनका अध्यक्ष लोक बहादुर कार्की क्षेत्रीले भावी दिनहरुमा पर्यटनको सम्भावना रहेको यस सामुदायीक वनमा सच्चिकै देवचुली र अरु सामुदायीक वनहरुको प्रवेशद्वार भन्दा भिन्न खालको हुने बताउनुभयो । सामुदायीक प्रवेशद्वारको निर्माण अगावै देवचुली नगरपालिकाका इन्जिनियरहरुको लगनमा तयार गरिएको भियो भने निर्माण कार्य समेत तिब्र गतिमा भैरहेको छ । ुामुदायीक वन प्रवेशद्वार ३१ फिट चौडाई र २६ फिट उचाईमा बन्ने भएको हो । गत बैशाख ११ गते देवचुली वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीले सो प्रवेशद्वारको शिलन्यास गर्नुभएको थियो । उक्त प्रवेशद्वार असार मसान्तसम्म निर्माण कार्य सम्पन गर्ने लक्ष्य रहेको सामुदायीक वनले जनाएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै