कोरोना संक्रमणको हट्सपट बन्दै चौधरी उद्योग ,स्वास्थ मापदण्ड नहुदा संक्रमण फैलने जोखिम ।

बिबेक भण्डारी, ।। नवलपुरको देवचुली नगरपालिका वडा नम्बर दुइमा रहेको चौधरी उद्योगले स्वास्थ्य मापडण्डमा हेलचेक्राइ गर्दा समुदायमा कोभिडको संक्रमण फैलने जोखिम बढेको छ ।

उद्योगले उद्योग भित्रै आईसोलेसन तयार नपार्दा संक्रमित भएका कामदारहरु समुदायमै बस्न थालेका छन । देवचुली नगरपालिका वडा नम्बर दुइका एक स्थानिय महिला उद्योगमा कार्य गर्दे गरेको अवस्थामा स्वास्थ्य अवस्था बिग्रिदा घरमै बसेको र अहिले कोभिड संक्रमण पुष्टी भइ घरमै आराम गर्दे आएका छन ।

वडा अध्यक्ष माधव केसीका अनुसार उद्योग अनुगमन गर्न आउनेलाई आइसोलेसन तयार रहेको बताए पनि उद्योगमा काम गर्ने कामदारलाई संक्रमणको लक्षण देखिन साथ घरमा पठाईदिने गरेको बताए । उनले भने – ‘पहिले जिल्ला प्रशासन कार्यलयले अनुगमन गरेको र पछि आफुहरुले अनुगमन गर्दा यदि कामदार संक्रमित भएको अवस्थामा उद्योगले नै आइसोलेसन तयार पारेको बताए पनि अहिले संक्रमितलाई घरै पठाउने गरेको छ ।

नेपाली काग्रेस वडा नम्बर २ का सभापति भेषराज न्यौपानेले मजदुरलाई सक्दासम्म काममा लगाउने नसक्दा संक्रमणको लक्षण देखिए पछि भने घरै पठाउने गरेको र यसले समुदायमा संक्रमणको जोखिम उच्च बनाएको बताए । नेकपा एमाले वडा सभापति बद्रि कोईरालाले उद्योगले स्वास्थ्य मापडण्ड नअपनाएको बताए ।

यता उद्योगले प्रशासन कार्यलयबाट प्रमुख जिल्ला अधिकारी आउँदा समेत उद्योगमा आइसोलेसन देखि सबै स्वास्थ्य मापडण्ड अपनाएको बताएको छ । तर उद्योगमा काम गर्दा गर्दै संक्रमित भएकाहरु भने घरमै बसेका छन । अहिले उक्त उद्योगमा कार्यरत प्रत्यक्ष देखिएका चार जनामा कोरोना पुष्टि भएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार १९:१०
    • 7 views
    दलित जागरण अभियानको केन्द्रीय सभारण सभा नवलपुरमा हुने

    नवलपुर, माघ २ गते । दलित जागरण अभियान नेपालको दशौं केन्द्रीय साधारण सभा नवलपुरमा हुने भएको छ । नवलपुरको देवचुलीस्थित बरचुली माविको प्राङ्गढमा माघ १८ गते दशौं साधारण सभा तथा बृहत…

    विस्तृत.....

    • २०८१ माघ २, बुधबार १९:०८
    • 7 views
    जिल्ला प्रहरी कार्यालय सेरोफेरोमै श्रृङ्खलावद्द चोरीका घटना, के भन्छ प्रहरी प्रशासन ?

    कावासोती ।  जिल्ला सदरमुकाम कावासोतीमा चोरीका घटना बढ्न थालेपछि नवलपुर उघोग बाणिज्य संघले प्रहरीको ध्यानाकर्षण गराएको छ । नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्याल नेतृत्वको टोलीले जिल्ला प्रहरी…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *