राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गरेकाे देउवाकाे आरोप

काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाउनुभएको छ ।

नेपाल प्रेस युनियनको ३१ औं वर्ष प्रवेशको अवसरमा युनियनले गरेको अर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले मध्यरातमा संसद विघटन गर्नु असंवैधानिक भएको जिकीर गर्नुभयो ।

संविधान र लोकतन्त्र सिद्धयाउने गरी प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले गलत कदम चाले पनि सम्मानित सर्वोच्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास देउवाले ब्यक्त गर्नुभयो ।

‘राष्ट्रपतिको आह्वानपछि प्रधानमन्त्रीमा दुबै पक्षको दाबी परेपनि पछि छलफलका लागि बोलाउनुपर्छ’, देउवाले भन्नुभयो–‘प्रधानमन्त्रीले भन्दैमा यो राष्ट्रपतिले मान्ने विषय होइन ।’

सभापति देउवाले कांग्रेसले निर्दलीय चरित्र देखायो भन्नेहरुलाई जवाफ दिँदै संविधान पढ्न आग्रह गर्नुभयो । सभापति देउवाले संसद विघटनविरुद्ध सडक आन्दोलनमा उत्रनुपर्ने मत भएपनि आफूले रोकेको बताउनुभयो । कोभिड महामारीमा जनता जीवन ठूलो भएकाले आन्दोलन नगरिएको बताउनुभयो ।

‘साथीहरुले आन्दोलनमा जानुपर्छ भनेका थिए तर, यस्तो महामारीमा जनताको जीवन ठूलो भएकाले आन्दोलनमा जानबाट मैले नै रोकेको हुँ’, देउवाले भन्नुभयो ।

फरक प्रसंगमा देउवाले पार्टीको महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न आफू तयार भएको बताउनुभयो । वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति आक्रोशित हुँदै उहाँले महाधिवेशनबारे सबैको सहमतिमा आवश्यक निर्णय गरिने बताउनुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 41 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 17 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *