+
+
-- Sponsored Ad --

कोरोनाबाट पूर्वसांसद न्यौपानेको निधन

534 पटक हेरिएको
Clock २०७८ जेष्ठ १३, बिहीबार १४:४५
-- Sponsored --

१३ जेठ, सुर्खेत । कोरोना भाइरसको संक्रमणबाट जाजरकोटका पूर्व सांसद रत्नप्रसाद न्यौपानेको निधन भएको छ ।

उपचारका क्रममा काठमाडौँस्थित सशस्त्र प्रहरी अस्पतालमा बुधबार राति निधन भएको उनका छोरा मदनरत्न न्यौपानेले पुष्टि गरे ।

‘शुरुमा वैशाख २३ गते बुवालाई कोरोना संक्रमण देखिएको थियो, तर पछि फोक्सोमा निमोनिया भएर गम्भीर समस्या भएपछि काठमाडौँमा उपचार भइरहेको थियो । हिजो राति मृत्यु भयो,’ उनले भने ।

छोरा मदनरत्नका अनुसार वीरेन्द्र प्रहरी अस्पताल काठमाडौँमा उपचारका लागि भर्ना गरिएका न्यौपानेको अवस्था गम्भीर भएपछि सशस्त्र प्रहरी अस्पतालको आईसीयूमा राखिएको थियो ।

 

 

छेडागाड नगरपालिका–६, सुवानाउली निवासी न्यौपाने २०५६ सालको प्रतिनिधि सभा सदस्यमा एमालेको तर्फबाट जाजरकोट क्षेत्र २ बाट निर्वाचित भएका थिए ।

उनी हाल एमालेको कर्णाली प्रदेश समिति सदस्य हुन् । न्यौपाने जिल्लाको इमान्दार नेता र एमालेका कुशल संगठकको रुपमा परिचित थिए ।

२०४६ सालको जनआन्दोलनपछि न्यौपाने शिक्षण पेसा छोडेर कम्युनिष्ट राजनीतिमा लागेका थिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win