निषेधाज्ञामा विद्युतको खपतमा वृद्धि, गर्मी र अक्सिजन प्लान्ट सञ्चालनले माग बढेकाे प्राधिकरणको दावी
काठमाडौं । कोरोना महामारी नियन्त्रणमा लागि सरकारले देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएपनि विद्युत् खपतमा भने सुधार आउन थालेको छ ।
निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प हुँदा पनि विद्युत् खपतमा वृद्धि भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । गत वर्ष देशव्यापी लकडाउन हुँदा दुई करोड युनिटभन्दा कम विद्युत् खपत भएको थियो ।
अहिले भने त्योभन्दा २५ प्रतिशत बढी अर्थात् दैनिक दुई करोड ५० लाख युनिटमाथि विद्युत् खपत भइरहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । हाल देशभर दैनिक दुई करोड ६५ लाख युनिट विद्युत् माग रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका आयोजनाहरुबाट ७७ लाख युनिट ऊर्जा उत्पादन भइरहेको छ । यस्तै, निजी क्षेत्रका आयोजनाबाट ६८ लाख युनिट र भारतबाट एक करोड २० लाख युनिटसम्म विद्युत् आयात भएको प्राधिकरणको भनाइ छ ।
ऊर्जा खपत मात्र नभएर विद्युत्को उच्चतम माग पनि एक हजार तीन सय दुई मेगावाट पुगेको छ । दुई हप्ताअघिसम्म उच्चतम माग ११ सय मेगावाट आसपास मात्रै थियो ।
अर्थात् पछिल्लो १५ दिनमा विद्युत् माग दुई सय मेगावाट हाराहारीले वृद्धि भएको हो । अहिले औद्योगिक क्षेत्रमा पनि विद्युत् खपत बढेको र तराईमा गर्मी बढ्दा घरायसीतर्फको उपभोग पनि केही बढेकाले समग्र खपतमा उल्लेख्य सुधार भएको प्राधिकरणले जनाएको छ । यस्तै स्वास्थ्य संस्थाका साथै विभिन्न स्थानमा थपिएका अक्सिजन प्लान्ट चौबिसै घण्टा सञ्चालन हुँदा पनि विद्युत् खपत बढेको प्राधिकरणको अनुमान छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
सन्जय भट्टराई, कावासोती । वि.स २०५० अघि हात्ती डुबाउने
बोमलाल गिरी, नवलपुर, कात्तिक १५ गते । नारायणघाट–बुटबल सडक
कावासोती, कात्तिक १५ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय