पिनासले सताउछ ? यसरी बच्न सकिन्छ ।

पिनास राेग खानपान र चिसाे माैसममा ध्यान नदिनाकाे कारणले हुने गर्दछ जसलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।
१ धेरै चिसो र बढी धुवाँधुलोको संक्रमणका कारण पिनास हुने गर्छ । यस्तो अवस्थाबाट जोगिनुपर्छ ।
२ नाकको बनावटमै खराबी हुनु पनि पिनासको कारण बन्ने गरेको पुष्टि भएको छ । हड्डी बाङ्गो हुने तथा अन्य समस्याले पनि पिनास निम्त्याउन सक्छ ।
३ टाउको दुख्ने, नाक बन्द हुने, नाकबाट पहेँलो पानी बगिरहने र सास फेर्न गाह्रो महसुस भयो भने पिनास भएको बुझ्न सकिन्छ ।
४ पिनास छिप्पिँदै गएपछि संक्रमण फैलिएर आँखामा पनि असर पर्छ । नाक र आँखाको सम्बन्ध निकट हुने भएकाले पनि आँखामा छिटो असर पार्छ ।
५ पिनास हुँदा हेलचेक्रयाइँ वा लापरबाही र्गयो भने दिमाग नै पाक्ने खतरा पनि निम्तिन सक्छ ।
६ सुरुकै अवस्थामा पानीको बाफ लिने, धेरै जमेको भए पिनास पखाल्ने, चिकित्सकको सल्लाहमा एन्टिबायोटिक खाने गर्दा पिनास निको पार्न सकिन्छ ।
७ छिप्पिएको पिनासमा इन्डोसाइकोसाइनेक्स सर्जरी गरी नाकको प्वाल फराकिलो पारेर तथा संक्रमणजन्य कुरा बाहिर निकालेर पिनास निको पार्न सकिन्छ ।
८ रुघाखोकी, धुवाँधुलोको संक्रमणका कारण नाकमा मासु पलाउँछ । नाकको हड्डी बाङ्गो हुने समस्या भने बढीजसो जन्मजात नै हुने गर्छ । कुनै कडा सतहमा नाक ठोक्किँदा पनि यस्तो समस्या निम्तिन सक्छ । शल्यक्रिया गरेर नाक सोझो बनाउन सकिन्छ ।
डा. लालकिशोर यादव नाक, कान तथा घाँटीरोग विशेषज्ञ

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै