काठमाडौंं, जेठ १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणमा थप ६९३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी २० हजार ४१४ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । पीसीआर परीक्षणबाट ६७३१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, ७२२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १०६ जनाको मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६९५१ पुगेको छ ।