आजदेखि उपत्यकाको निषेधाज्ञामा कडाइ, खाद्यान्न पसलसमेत खोल्न नदिने, उल्लंघन गरे एक वर्ष कैद र ५ लाख जरिवाना

काठमाडौं  : आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाइका साथ एक हप्ता थपिएको छ। गत मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले खाद्यान्न पसलसमेत खोल्न नदिने निर्णय गरेको हो। 

आजदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिएको छ,  तरकारी पसल भने विहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ।  बढ्दो भीडभाडले कोरोना संक्रमण घट्न नसकेपछि यस्तो निर्णय गर्नुपरेको  प्रशासनले जनाएको छ। 

 

 यो निषेधाज्ञा आज बिहानदेखि २० गते रातिसम्म लागू हुने छ।  निषेधाज्ञा उल्लंघन गर्नेलाई दण्ड र जरिवाना समेत कार्यन्वयन गर्ने निर्णय भएको छ।  काठमाडौं जिल्ला प्रशासनले सोमबार नै सार्वजानिक सूचना जारी गर्दै हालै ल्याइएको कोभिड १९ संक्रमण व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अनुसार जरिवानासहित कारबाही हुने जनाइसकेको छ।

कसैले अध्यादेश बमोजिमको काम गर्न अवरोध सिर्जना गर्न नहुने र गरेमा एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ। अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना गर्नुपर्ने, नगरेमा ६ महिना सम्म कैद, ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ।

यस्तै अध्यादेश बमोजिम दिइएको आदेश व्यक्तिले उल्लंघन गरेमा १ लाख र संस्थाले गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्नेछ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 27 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    • २०८१ माघ २६, शनिबार १५:३८
    • 26 views
    खानेपानी मन्त्रालय आगलागी प्रकरणः ५० लाख बराबरको क्षति ।

    काठमाडौं, माघ २६ गते । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप,…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *