
सरकारले केही देशमा सीमित उडान खुला गर्ने निर्णय गरेको छ । विहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक पटक हवाई उडान सञ्चालन खुला गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार जुन १ ९जेठ १८० देखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनमा साताको एक दिन दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो । कोरोना महामारीको जोखिम बढेपछि अन्तर्राष्ट्रिय उडान बन्द गरेको सरकारले चार्टर उडानका लागि भने अनुमति दिएको थियो । यसरी चार्टर उडानमा यात्रु ठगिएको गुनासो बढेसँगै अन्तर्राष्ट्रिय उडानमा केही खुकुलो गर्ने निर्णय गरेको उनले बताए ।