आज गणतन्त्र दिवस मनाइँदै, ४३० जनाको कैद मिनाहा

१५ जेठ, काठमाडौं । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको १३ वर्ष पूरा भएको छ । गणतन्त्र दिवस स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न तरिकाले मनाइरहेका छन् ।
जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक समारोह आयोजना गरिएको छैन । सरकारले दीपावली गरेर दिवस मनाउन आह्वान गरेको छ ।
गणतन्त्रलाई जनता विजय भएको पर्वको रुपमा मनाउन आग्रह गरिए पनि कोरोना महामारीका कारण अक्सिजन समेत नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाका कारण जनतामा उत्साह छैन । सत्ताको लुछाचुडीका कारण गणतान्त्रिक व्यवस्था नै धरापमा परेको टिप्पणीसमेत हुने गरेको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा १४ औं गणतन्त्र दिवसका अवसरमा डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिएकी छन् ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको