ट्रक र ट्यांकर आपसमा ठोकिएर सडकमै पल्टिए, पृथ्वी राजमार्ग नै अवरुद्ध

पर्वत : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकास्थित कमल बारीमा शनिबार बिहान साढे नौ ट्रक र ट्यांकर आपसमा ठोक्किएपछि राजमार्ग नै अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार खाद्यान्न बोकेको ग१ख ७१०१ नम्बरको ट्रक र जी१०६, ए यु ०१९७ नम्बरको भारतीय नम्बर प्लेट रहेको एलपीजि ग्यास बोकेको बुलेट ट्याङ्कर आपसमा जुधेका हुन्। दुर्घटना पछि दुवै सवारी सडकमा पल्टिएका छन्। दुर्घटनामा परेका सवारीका कारण सडक अवरुद्ध भएको र सवारी हटाएर सडक सुचारु गराउने प्रयास जारी रहेको डिएसपी युवराज तिमिल्सिनाले बताए।

लामो समयसम्म बाटो अवरुद्ध भएको भए पनि आकस्मिक अवस्थामा रहेका एम्बुलेन्स लगायतका सवारीहरूलाई भने सवारी फेरेर गन्तव्यमा पठाइएको र दुर्घट्नास्थलमा कुनै पनि जाम नरहेको उनको भनाइ छ।

‘बिहान करिब साढे नौ बजे दुर्घटना भएपछि सडक अबरुद्ध नै रहेको छ। हामीहरूले ३÷४ ओटा क्रेन लगाएर सडकमा पल्टिएका ट्रकहरू हटाउन लागिरहेका छौँ। अब करिब आधा घण्टा जतिमा बाटो पूर्ण रूपमा सुचारु हुने छ।’ उनले भने, ‘आकस्मिक अवस्थामा गुडेका सवारीलाई भने त्यहीँ रोकेर अर्को सवारीमा सारेर गन्तव्यमा पठाएका छौँ। यहाँ कुनै पनि जाम छैन। सामान्य दुई चार ओटा ट्रकहरू मात्रै रोकिएको अवस्था छ।’ दुवै सवारीका चालकहरू भने सकुशल रहेका छन्।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 41 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 31 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *