
मिति: १५ जेठ, २०७८
नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट स्थापित जनप्रतिनिधिमूलक संस्था नेपालको सङ्घीय संसद्लाई गत पौष ५ गते कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी ओलीले असंवैधानिक तरिकाले हत्या गरे सम्मानित अदालतबाट फागुन ११ मा पुनस्थापित संसद्मा विश्वासको मत पाउन नसकी काम चलाउ हैसियतमा रहेका प्रधानमन्त्रीले वैशाख ७ गतेको मध्यरातमा गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालयको मिलेमतोमा पुन: संसदको हत्या भएको । प्रधानमन्त्री र राष्ट्रपति कार्यालयबाट गरिएका यस्ता असंवैधानिक कार्यविरुद्ध सम्मानित सर्वोच्च अदालतमा दर्जनौं मुद्दासमेत दायर भइसकेका छन् । नेपालको वर्तमान राजनीतिक परिदृश्यमा देखिएका यस्ता घटनाले नेपाली काङ्ग्रेसको सिद्धान्त र विचारसँग सहमत हुने शुभेच्छुक सङ्घसंस्थाहरूको गम्भीर ध्यान आकृष्ट भएको छ । संसदमा आफ्नै पार्टीका सांसदहरूको समेत समर्थन पाउन नसकेर विश्वासको मत गुमाएका प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा राजीनामा नदिई राष्ट्रपतिको आड र भरोसामा १ महिने प्रधानमन्त्री बन्नु, जेठ ६ गते धारा ७६ को उपधारा ४ बाइपास गर्दै उपधारा ४ अनुसार सरकार बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र राष्ट्रपतिले पनि १ दिनको मात्र समयावधि दिई बहुमत सिद्ध गर्न गरिएको आह्वान आफैमा शङ्कास्पद देखिन्छ । राष्ट्रपतिको आह्वानअनुसार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार बनाउन नेपाली काङ्ग्रेसका सभापति श्री शेरबहादुर देउवाको नेतृत्वमा माओवादी केन्द्र, जसपा र नेकपा एमाले माधव नेपाल समूह समेतका पार्टीको समर्थनमा १४९ सांसदहरूको दस्तखतसहित श्री शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गरिएकोमा राष्ट्रपतिबाट उक्त दाबी अस्वीकार गरी संसद्मा विश्वासको मत गुमाइसकेका केपी शर्मा ओलीलाई पुन चुनावी प्रधानमन्त्री बनाउने मनसायले मध्यरातमा संसद विघटन गरिएको निर्णय संविधानसम्मत छैन भन्ने हाम्रो ठहर छ । अतः नेपालको संवैधानिक व्यवस्था र मर्मविपरीत कार्य गर्ने, संसदमा विश्वास गुमाइसकेका, अल्पमतमा रहेका केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिइएको असंवैधानिक र षड्यन्त्रमूलक निर्णयको हामी घोर निन्दा र भर्त्सना गर्दछौ । नेपाली जनताको स्वामित्व रहेको संवैधानिक संरचनालाई ध्वस्त गर्न उद्दत प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक कार्यको संवैधानिक उपचार खोजिरहेका राजनीतिक दलहरूको भावनाको समर्थन र केपी ओलीको असंवैधानिक कार्यको विरोध जनाउन हामी समस्त शैक्षिक, सामाजिक सङ्घसंस्थाहरू, नागरिक समाज तथा आम नेपाली नागरिकहरुलाई हार्दिक आह्वान गर्दछौ । ॥ जय नेपाल । संयोजक शालिग्राम शर्मा। आबद्ध संस्थाहरू नेपाल ट्रेड युनियन काङ्ग्रेस अध्यक्ष ;श्री हरिहर सापकोटा नेपाल शिक्षक सङ्घ अध्यक्ष डा. ;हरिप्रसाद कडेल प्रजातान्त्रिक विचार समाज ;अध्यक्ष डा. देवीप्रसाद कडेल डेमोक्रेटिक प्रोफेसर्स एसोसिएसन ;सचिव श्री मदन खनाल बीपी चिन्तन प्रतिष्ठान ;अध्यक्ष, डा एकनारायण पौडेल डैमेक्रेटिक लयर्स एसोसिएसन;अध्यक्ष, अधिवक्ता श्री नन्दलाल महतो नेसनल को अपरेटर्स एलाइन्स;संयोजक श्री शालिग्राम शर्मा नेपाल वित्तीय संस्था कर्मचारी संघ;अध्यक्ष श्री आनन्द पौडेल नेपाल स्वास्थ्य कर्मी सडघ ;अध्यक्ष श्री प्रकाश कंडेल नेपाल निजामती कर्मचारी युनियन;अध्यक्ष श्री पूर्णप्रसाद शर्मा नेपाल प्रेस पुनियन;अध्यक्ष श्री अनिल ढकाल लोकतान्त्रिक गैरसरकारी संस्था महासङ्घ ;अध्यक्ष श्री भुवानी प्रसाद पौडेल सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल;अध्यक्ष, ई ईश्वरीप्रसाद पौडेल नेपाली लेखक सङ्घ चितवन ;अध्यक्ष श्री सुरेन्द्र अस्तफल ।