देवचुलिका युवाहरुको टेलिचलचित्र लकाडाउन बन्दै ।

देवचुली, माधब सुबेदी
देवचुली वडा नं १६ रजहरमा ‘लकडाउन’ नामक छोटो चलचित्र अर्थात सटमुभी छायाँकन हुने भएको छ । विभिन्न यूवटुव, टेलिभिजन, रेडियोबाट अचानक हराएका बतासे बाजे आजभोली फेरी देखिन थालेका छन् । देवचुली वडा नं ४ का निर्देशक राज पौडेल अर्थात बतासे बाजे एवम निर्माता देवचुली १६ रजहरका माधब सुबेदीको सहकार्यमा सो छोटो चलचित्र अर्थात सटमुभी छायाँकन हुन लागेको हो । छायाँकन देवचुलीको धुसेरी, रजहरको प्लोटिङमा हुने भएको छ । लकडाउन नामक सट मुभीमा राज पौडेल, माधब सुबेदी, भुवन पुन मगर, सुष्मा पौडेल, समोयल मगर, रिचा लामिछाने लगाएतको अभिनय रहने भएको हो । छोटो चलचित्रका निर्देशक पौडेलले विश्वभरी फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ कोसंक्रमको कारण धेरैको ज्यान समेत गएको र यसको असर नेपालमा पनि परेकोले यसबाट बच्न र बचाउनको लागि एक अभिनयद्वारा सबैसामु पुर्र्याउनको लागि छोटो चलचित्रको आयोजना गरिएको बताउनुभयो । यसैगरी निर्माता सुबेदीले नेपालमा मात्र नभई सबै ठाउमा प्रतक्ष्य असर पारेको कोरोना भाइरसलाई समुदाय, देश हुदै समग्र राष्टमा एक सन्देश पुर्र्याउने उदेश्यले छायाँकन गर्न लागिएको बताउनुभयो । लकडाउन नामक छोटो चलचित्र अर्थात सटमुभीको छायाँकन चलिरहेको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा