प्रतिनिधि सभा विघटन मुद्दामा आज पनि सुनुवाइ हुने, संवैधानिक इजलासका न्यायाधिश नैं वकिलहरुको निशानामा

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ ।

आजको सुनुवाइमा पनि कानुन व्यवसायीहरूले इजलासका न्यायाधीशमाथि प्रश्‍न उठाउने तयारी गरेका छन् । यसअघि शुक्रबार पनि इजलासका न्यायाधीशमाथि प्रश्‍न उठेको थियो ।

रिट निवेदकतर्फका कानुन व्यवसायी गोविन्द बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठ संवैधानिक इजलास बस्‍न नहुने राय दिएपछि शुक्रवारको सुनुवाइ प्रभावित बनेको थियो ।

न्यायाधीश श्रेष्ठको इजलासले तत्कालीन नेकपा दुई टुक्रा पारेको भन्दै फेरि उहाँ नै संवैधानिक इजलासमा बस्न नमिल्ने राय दिनुभएको थियो । आज पनि यो विषयले निरन्तरता पाउने बुझिएको छ ।

तर प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर राणाले भने हरेक न्यायाधिशमाथि प्रश्न उठाने हो भने सम्पूर्ण सुनुवाइ प्रभावित हुने भन्दै यसमा पुर्न विचार नहुने संकेत गरिसक्नु भएको छ । नेकपाको एकता टुक्र्याउने फैसला र प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाबिच कुनै साइनो नभएको एकथरी कानुन व्यावासयीहरुकै मत छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २३, बुधबार १२:४८
    • 70 views
    पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

    कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *