मतदान अपडेट : साढे १२ बजेसम्म २९२ मत खस्यो
दाङ : लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान जारी छ। सोमबार १२ :३० बजेसम्म प्रदेश र स्थानीय तहतर्फ गरी जम्मा २९२ मत खसेको छ। स्थानीय तहतर्फ १८८ र प्रदेशसभातर्फ ८० तथा कोभिड़ केन्द्रमा प्रदेशको ३ र स्थानीय तहको २१ जना गरी जम्मा २९२ मत खसेको बताइएको छ। जम्मा मतदाता ३०० जना छन्।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी छ। दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।
नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन्।
प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि यो उपनिर्वाचनमा मतदाता छन्। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ छ।
जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका कल्पना पाण्डे, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले पूरक मतदाताको रुपमा मताधिकार दिएको छ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार
२१ कात्तिक, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला
२१ कात्तिक, काठमाडौं । खुँडा प्रहार गरेर ज्यान
सन्जय भट्टराई, कावासोती । गत कार्तिक ३ गते बुलिङटारबाट
काठमाडौं : बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय