बिटक्वाइनको मूल्य पुनः ५० हजार डलर नाघ्यो :

संसारकै महँगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पुनः उकालिएको छ । बुधबार बिटक्वाइनको मूल्यमा ५ प्रतिशतले बढोत्तरी हुँदा प्रतिबिटक्वाइन ५० हजार ९४२ डलर ५८ सेन्ट पुग्यो । अघिल्लो दिनको तुलनामा बिटक्वाइनको मूल्य २ हजार ४२६ डलर २३ सेन्टले बढेको हो ।
गत जनवरी ४ मा २७ हजार ७३४ डलर रहेको बिटक्वाइनको मूल्य त्यसयता ८३.७ प्रतिशतले बढेको छ ।
गएको फेब्रुअरी २१ मा बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च अर्थात् ५८ हजार ३५४ डलर १४ सेन्ट पुगेको थियो । त्यसपछि भने मूल्यमा गिरावट आएको थियो ।
टेस्ला तथा माइक्रोस्ट्राटेजीलगायतका कम्पनीले बिटक्वाइनमा अर्बौँ डलर लगानी गरेसँगै बिटक्वाइनको मूल्य आकासिएको हो । साथै बिएनवाइ मेलन, ब्लाक रक तथा मास्टरकाडलगायतका कम्पनीहरुका कारण पनि बिटक्वाइनको लोकप्रियता ह्वात्तै बढ्यो ।
बिटक्वाइन मात्र नभै इथेरियम ब्लकचेन नेटवर्कसँग आबद्ध अर्को क्रिप्टोकरेन्सी इथरको मूल्यमा पनि बुधबार ७.१८ प्रतिशतले वृद्धि भई १५९५ डलर नाघेको छ ।
रोयटर्सबाट

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै