काठमाडौँको निषेधाज्ञा केही खुकुुलो बनाउँदै

काठमाडौँ उपत्यकाको निषेधाज्ञा केही खुकुुलो बनाउँदै एक साता थप गर्ने तयारी गरिएको छ । आज बसेको काठमाडौँ, भक्तपुर तथा ललितपुर जिल्लाका प्रमुख जिल्ला अकिारीको बैठकले निषेधाज्ञाका विषयमा छलफल गरेको थियो । बैठकमा कोरोना भाइरस संक्रमणको चेनब्रेक गर्न गरिएको एक महिनाको निषेधाज्ञाको समीक्षा भएको थियो । यद्यपी तीन प्रमुख जिल्ला अधिकारीहरुले कुनै औपचारिक निर्णय सार्वजनिक गरेका छैनन् । जेठ २० सम्म निषेधाज्ञा जारी रहेकाले सोही बेलासम्मको अवस्थालाई मध्यनजर गर्दै नयाँ निर्णय लिइने काठमाडौँका प्रमुख जिल्ला अकिकारी कालीप्रसाद पराजुलीले बताए । गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी छ । गत जेठ १४ गतेदेखि उपत्यकाको निषेधाज्ञामा थप कडाइ गरिएको छ । अब एक साता निषेधाज्ञा थपिए पनि अत्यावश्यक, खाद्यान्न र किराना पसल सञ्चालन गर्न दिने गरी प्रशासनले तयारी गरेको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव