पर्खाल भत्किँदा नैकापमा दुईजनाको मृत्यु, दुईजना घाइते

१९ जेठ, काठमाडौं । काठमाडौकाे चन्द्रागिरि नगरपालिका-१३ स्थित पुरानाे नैकाप कंकालीमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरको बेलुवा-८ की ३५ वर्षिया सीता राई र मकवानपुर राक्सिङ गाउँपालिका-९ का २० वर्षीय टेकबहादुर चेपाङ रहेको महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक गणेशचन्द्र काेइरालाले जानकारी दिए ।
प्लटिङको जमिनमा ढुंगाकाे पर्खाल लगाउने क्रमममा बुधबार बिहान एक्कासी उनीहरुमाथि पर्खाल खसेको प्रहरीले जनाएको छ । माथिबाट खसेको पर्खालले थिचेर उदयपुरको कटारीका २१ वर्षीय मिलन तामाङ र धादिङको गल्छी गाउँपालिका-२ का १८ वर्षीय हरि घले घाइते भएका छन् ।
उनीहरूकाे मनमोहन अस्पतालमा उपचार भइरहेकाे उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै