स्वर्गिय तोरण कुमारी रानाको शोकसभा सम्पन्न ।
शारदा झेडी मगर ,फाल्गुण २०||
कावासोती नगरपालिका वार्ड नं ८ निवासी तोरण कुमारी रानामगरको असामाहिक निधन भएको विहिवार ९ औ दिनको पुण्य तिथीमा भारतीय भुपु सैनिक परिवार बचत तथा ऋण सहकारी संस्था र भुपु कल्याणकारी संस्थाद्धारा शोकसभा सम्पन्न गरेको छ । भारतीय भुपु सैनिक परिवार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामबहादुर रानामगरकी धर्मपत्नी तोरण कुमारी सिंजाली रानाको गत फाल्गुण १२ गते ४९ वर्षको अल्पायुमै निधन भएको थियो । भुपु सैनिक परिवार बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष जनकाशी गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका सल्लाहकार एवं भुपु कल्याणकारी संस्थाका संरक्षक कर्णेल धनबहादुर मास्की राना प्रमुख अतिथी रहनुभएको थियो । प्रमुख अतिथी रानाले उहाको निधनले परिवार र समाजलाई अपुरणिय क्षती भएको भन्दै शोकाकुल परिवारजनलाई भगवानले धैर्यधारण गर्ने शक्ती प्रदान गरुन् भन्दै बैकुण्ठ बासका लागि कामना सहित श्रद्धान्जली अर्पण गर्नुभएको थियो । कार्यक्रममा लालचन्द श्रेष्ठ, रुद्र बहादुर गुरुङ , छबिलाल राना, प्रेमबहादुर राना, कुल बहादुर गुरुङ. , सुकबहादुर पुन, केशरी राना, पार्वती गुुरुड. लगायत सम्पुर्ण भुतपुर्व सैनिक एवं सैनिक परिवारहरुको सहभागिता रहेको थियो । यसैगरि विहिवार नै स्वर्गिय तोरण कुमारी रानाको निधन भएको ९ औ दिनको पुण्य तिथीमा नेपाल मगर संघ जिल्ला समन्वय समिती नवलपुर र नेपाल मगर संघ कावासोती नगर कमीटीको संयुक्त आयोजनामा शोकसभा सम्पन्न भएको हो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
अक्सर वर्षायाममा छालामा अनेक संक्रमण हुनसक्छ । त्यसमध्ये
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै