देवचुली नगरपालिकामा कोभिड पुष्टि भएको १४ दिन पछि एक बृद्धाको मृत्यु

देवचुली नगरपालिकामा कोभिड पुष्टि भएको १४ दिन पछि एक बृद्धाको मृत्यु भएको छ । स्थायी ठेगाना कावासोती नगरपालिका वडा नं ८ भई हाल देवचुली नगरपालिका वडा नं ५ स्थित छोराको घरमा बस्दै आएका ८६ बर्षीय एक बृद्धाको मृत्यु भएको छ । बिहिबार बिहान करिब ७ बजे बृद्धाको छोराको घरमा नै मृत्यु भएको हो । बृद्धाको गत जेठ ६ गते मध्यविन्दु जिल्ला अस्पतालमा पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कावासोती स्वास्थ्य कार्यालयले जनाएको छ । जेठ ६ गते बृद्धाको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचाररत बृद्धाको स्वास्थ्यमा कुनै सुधार नआएपछि अस्पतालले घर फिर्ता गरिदिएको थियो । बृद्धाको घरपरिवारको सदस्यको पिसिआर परिक्षण गर्दा नेगेटिभ आएको देवचुली स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 94 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *