देवचुली नगरपालिकामा ३८ जनाको स्वाव संकलन गरि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको छ । देवचुली नगरपालिका स्वास्थ्य शाखाले शुक्रबार देवचुली नगरपालिकाको परिसरमा ३८ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि मध्यविन्दु अस्पताल पठाएको हो । बिहान ८:३० बजे देखि नगरपालिकामा स्वाब संकलन सुरु गरिएको थियो जसमा २४ जना पुरुष र १४ जना महिला गरि ३८ जनाको स्वाब संकलन गरिएको हो । नगरपालिका भित्रका कन्ट्याक ट्रेसिङ्ग, लक्षण देखिएका ३८ जनाको स्वाब संकलन गरि नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा पठाइएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । केही दिनमा नै रिपोर्ट आउने छ ।
कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव
दीपक भट्टराई, कावासोती । तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…
विस्तृत.....