विश्व वातावरण दिवसको अवसरमा गैंडाकोट जेसीजद्वारा वृक्षारोपण ।

अजय पौडेल
गैडाकोट ,जेठ २२
विश्व वातावरण दिवसको अवसरमा गैंडाकोट जेसीजले आज वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । गैंडाकोट ७ हरिहर मन्दिर परिसरमा वृक्षारोपण गरिएको गैंडाकोट जेसीजका महासचिव राजेश पौडेलले जानकारी दिनुभयो ।
गैंडाकोट वडा नम्बर ७ का वडा अध्यक्ष चोलानाथ उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बिशेष अतिथि नेपाल जेसीजका कानुनी सल्लाहकार तथा गैंडाकोट जेसीजका पुर्ब अध्यक्ष गोकुल सापकोटा रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले बिरुवा रोप्ने मात्र नभइ रोपिएका विरुवाको संरक्षणमा समेत ध्यान दिन आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रमका बिशेष अतिथि सापकोटाले गैंडाकोट जेसीजले समाजमा राम्रा कार्यहरु गर्दै आएको स्मरण गर्दै वातावरण सन्तुलनमा युवाहरूले बिशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।
“एक बिरुवा मेरो उत्तरदायित्व” भन्ने मुल नाराका साथ आँप,लिची,लप्सी लगायतका बिरुवा रोपिएको कार्यक्रम संयोजक क्षितिज आचार्यले जानकारी दिनुभयो । गैंडाकोट जेसीज बर्ष २०२१ का अध्यक्ष दया सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण महासचिव राजेश पौडेलले गर्नुभएको थियो ।
सामाजिक तथा स्वास्थ सतर्कता अपनाइएको कार्यक्रममा जेसीजका पदाधिकारी ,सदस्य तथा स्थानीय बासिन्दाको उपस्तिथि रहेको थियो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव