सुम्निमा बाटिकामा लगाउन लागिएका तारजालीअज्ञात समूहद्वारा तोडफोड
गैंडाकोट ,जेठ
२३।गैंडाकोट नगरपालिका वडा नं १ बृटिश क्याम्प नजिक सुम्निमा विकास परिषद्ले आफ्नो संरक्षणमा रहेको सुम्निमा बाटिकामा लगाउन लागिएका तारजालीको पिल्लर अज्ञात समूहले शनिबार राती तोडफोड गरेका छन् । २०० मिटर लम्बाइमा निर्माण गर्न लागिएको उक्त तारजालीका लागि गाडिएका बीस वटा फलामका पोल काम नलाग्ने गरि भाँचिएको र करिब एक लाख बराबरको क्षती भएको संस्थाका अध्यक्ष श्यामसुन्दर पराजुली बताउनुभयो । प्रदेश सरकारको योजना अन्तरगत पाँच लाख रुपैँयामा उक्त स्थानमा तारजाली गर्न लागिएको संस्थाका अध्यक्ष श्यामसुन्दर पराजुलीले बताउनुभयो । के कारणले तोडफोड गरियो भन्ने अहिलेसम्म कसैले आँफुलाई जानकारी नआएको अध्यक्ष पराजुलीले बताउनुभयो । तोडफोड गर्ने व्यक्ति वा समूहको खोजि भइरहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । उक्त क्षेत्र तारबार नहुँदा नारायणी नदीको बहाबमा परि बर्षेनी धेरै दुर्घटना भइरहेकाले उक्त योजना सम्पन्न भएमा दुर्घटनाबाट हुने मानविय क्षतीलाई कम गर्ने हुँदा निर्माण कार्यलाई रोक्न नहुने आदर्श टोल विकास संस्थाका अध्यक्ष लालमणि पौडेलले बताउनुभयो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार
२१ कात्तिक, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला
२१ कात्तिक, काठमाडौं । खुँडा प्रहार गरेर ज्यान
सन्जय भट्टराई, कावासोती । गत कार्तिक ३ गते बुलिङटारबाट
काठमाडौं : बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय