आफ्नै छोरीलाइ वारम्वार करणी गरि फरार अपराधी बाबु पक्राउ

  • समाचार
  • २०७७ फाल्गुन २०, बिहीबार १५:४३

कावासोती । पुर्वी नवलपरासीमा विगत ५ वर्ष देखि आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

विनयी त्रिवेणी गाउँ पालिका वडा नं ४ सर्दी घर भएका ३८ वर्षीय बाबुलाई आफ्नै १३ वर्षीया छोरीलाइ वारम्वार बलात्कार गरेको आरोपममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो ।

डिएसपी गिरीका अनुसार अनुसार विगत ५ वर्ष देखि छोरीलाई पटक पटक बलात्कार गरेको आरोप लागेका बाबु गत मंसिर महिनामा छोरीलाई बलात्कार गरेर भारत पुगेका थिए । आरोपित बाबु बिहीवार बिहान घर आइपुगेपछी घरमा झगडा हुन थालेपछि स्थानियहरु पुग्दा सो घटनाको विषय खुलेको र स्थानीयले सूचना दिए लगतै प्रहरीले पक्राउ गरेको गिरीले बताउनुभयो ।

पिडित बालिकालाई स्वास्थ्य परिक्षणका लागि अस्पताल लैजाने तयारी गरिएको बताइएको छ ।

सम्बन्धित समाचारहरूः

  • २०८१ पुष २५, बिहीबार २१:३३
  • 28 views
नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

विस्तृत.....

  • २०८१ पुष २४, बुधबार ०९:२९
  • 21 views
तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *