आर्थिक अभावमा रहेको कोरोना संक्रमित परिवारलाई कांग्रेसका युवाद्धारा सहयोग

जेठ २४ , कास्की,
आर्थिक अभावमा रहेको कोरोना सङ्क्रमित परिवारलाई पोखरामा क्रियाशील नेपाली कांग्रेसका युवाको सक्रियतामा सहयोग गरिएको छ । आर्थिक अभावपछि मणिपाल शिक्षण अस्पतालले निकालेको २१ दिने कोरोना सङ्क्रमित शिशुका परिवारलाई कांग्रेसको पहलमा सहयोग गरिएको हो ।
एक्काइस दिने शिशुसहित उनका बाबुआमा पनि सङ्क्रमित रहेका र उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
रोल्पा घर भई विगत पाँच वर्षदेखि पोखरामा मजदूरी गर्दै आएको उक्त परिवार आर्थिक सङ्कटमा भएको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कांग्रेसका युवानेता भानु ढकालको विशेष पहलमा आर्थिक सहयोग जुटाइएको हो ।
पोखरा फूलबारीमा डेरा गरी बस्दै आएका उनीहरुलाई रु एक लाख ५८ हजार आर्थिक सहयोग गरिएको ढकालले जानकारी दिनुभयो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीको रोहवरमा नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देल, जिल्ला सदस्य भीम गौतम लगायतको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको ढकालले बताउनुभयो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै