सर्वाेच्चमा बुझाइसकिएको हस्ताक्षर फिर्ता नगर्ने खनाल–नेपाल समूहको निष्कर्ष

जेठ २४, काठमाण्डौ,
नेकपा एमालेको खनाल–नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ६ बुँदे प्रस्तावबारे लिखित धारणा सार्वजनिक गर्ने भएको छ । खनाल–नेपाल समूहको स्थायी कमिटी सदस्यहरूको छलफलले लिखित रूपमै आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
यसअघि आईतबार बेलुकी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि दिइएको समर्थन फिर्ता गर्नुपर्ने सर्तसहित आफू पार्टीको संरचनालाई जेठ ३ पूर्वको अवस्थामा फर्काउन तयार रहेको भन्दै ६ बुँदे प्रस्ताव आह्वान गर्नुभएको थियो ।
तर खनाल–नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले भने सर्वोच्चमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखिनुले प्रस्ताव षड्यन्त्रपूर्वक ढङ्गले आएको निष्कर्ष निकालेको हो । कुनै पनि हालतमा सर्वोच्चमा गरिएको हस्ताक्षर फिर्ता नहुने भन्दै ओलीको हिजोको एकता प्रस्ताव आह्वान पार्टी एकताभन्दा पनि विभाजन गर्ने मनसायले आएको आफूहरूले निष्कर्ष निकालेको नेता युवराज ज्ञवालीले बताउनुभयो ।
ओलीले प्रतिनिधि सभा मास्न खोजेको भन्दै खनाल–नेपाल समूहले कोभिडको बेलामा चुनाव हुन असम्भव भएको ठहरसमेत गरेको छ । ओलीको प्रस्तावमा बुँदागत रूपमै जवाफ दिने गरी खाका तयार भइरहेको खनाल–नेपाल समूहका नेताहरूको भनाइ छ ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै